अण्डाको नया मूल्य निर्धारण : भोलि शनिबार देखि लागू हुने, एक्स एल अण्डाको प्रति क्रेट रु ४२०/-

काठमाडौ , पुष ६, २०८०ः

नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको नयाँ मूल्य निर्धारण गरेको छ । संघको आज काठमाडौमा बसेको बैठकले चितवनलाई आधार मानी अण्डाको नया मूल्य निर्धारण गरेको हो । संघले निर्धारण गरेको नयाँ मुल्य अनुसार एक्स एल अण्डाको प्रति क्रेट रु ४२०/-, ठुलो अण्डा प्रति क्रेट रु ४०५/- र मिडियम अण्डा प्रति रु ३९०/- रहेको छ । यो मुल्य भोलि पौष ७ गते शनिबारदेखि लागु हुने संघका सचिब मदन पोखरेलले जानकारी दिनु भयो।

यस अघि पुष १ गते देखि लागु हुने गरी मुल्य समायोजन गरेको संघले हप्ता दिन पनि नपुग्दै पुन अण्डाको मुल्य समायोजन गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!