नेपाल पशुपन्क्षी औषधि व्यवसायी संघ गण्डकी प्रदेशको अध्यक्षमा गोपिनाथ बराल निर्वाचित

पोखरा, पुष ७, २०८०ः

नेपाल पशुपन्क्षी औषधि व्यवसायी संघ गण्डकी प्रदेशको अध्यक्षमा गोपिनाथ बराल निर्वाचित भएका छन। संघको प्रदेश कार्यसमितिको आज पोखरामा सम्पन्न भएको चौंथो अधिवेशन तथा सातौ बार्षिक साधारणसभाले बरालको नेतृत्वमा नया कार्यसमिति निर्वाचित गरेको छ।

नबनिर्वाचित प्रदेश कार्यसमितिको उपाध्यक्षमा अर्जुन थापा, भिम बहादुर सुनार र नाायण पौडेल, सचिवमा अर्जुन मरासिनी, सह-सचिवमा सविता सुबेदी रेग्मी र कोषाध्यक्षमा टेक प्रसाद सापकोटा निर्वाचित भएको छ।

त्यसैगरी सदस्यहरुमा तेज बहादुर भण्डारी, मनोज पन्त, कुल बहादुर लम्साल र महेन्द्र मिश्र निर्वाचित भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!