बालकुमारी बचत तथा ॠण सहकारी संस्था लिमिटेडको २३ औ बार्षिक साधारणसभा भब्य रुपमा सम्पन्न ः उपत्यकाकै उत्कृष्ट समुदायमा आधारित सहकारी

मध्यपुर थिमि, पुष ७, २०८०ः

“आर्थिक, सामाजिक तथा सांस्कृतिक उन्नतिका लागि सहकारीको भावनालाई जगाऔ” भन्ने मुल उद्देश्य बोकि २०५७ साल असोज २ गते स्थानिय २८ जना सहकारी प्रेमिहरुको करिब ७ लाख पुंजी बाट स्थापना गरिएको मध्यपुर थिमि क्षेत्रकै प्रतिष्ठित सहकारीको रुपमा पचिचित बालकुमारी बचत तथा ॠण सहकारी संस्था लिमिटेडको २३ औ बार्षिक साधारणसभा आज भब्य रुपमा सम्पन्न भएको छ । कुल ५५२९ जना शेयर सदस्य सहित १३,५०,९६,६०० शेयर पुंजी रहेको बालकुमारी साकोसले आर्थिक बर्ष २०७९/८० मा रु एक अरब बयानब्बे करोड अठाईस लाख चौध हजार तिन सय तेईस रुपिया (१,९२,२८,१४,३२३) कुल कारोबार गर्न सफल भएको छ।

मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा तथा नगर उपप्रमुख बिजय श्रेष्ठको विशेष आतिथ्यतामा संस्थाका अध्यक्ष तुईलाल श्रेष्ठको सभापतित्वमा साधारणसभा आज भब्य रुपमा सम्पन्न भएको छ।

उपत्यकाकै उत्कृष्ट समुदाय्मा आधारित सहकारी मानिएको बालकुमारी साकोसको उक्त साधारणसभामा संस्थाले आफ्नो सामजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सम्मान कार्यक्रमका साथै छात्रवृत्ति पनि प्रदान गरिएको थियो।

मध्यपुर थिमिको सामुदायिक बिद्यालय आदर्श माध्यमिक बिद्यालय र बालप्रेमि माध्यमिक बिद्यालयमा कक्षा ९ र १० मा अध्यनरत एक छात्र र एक छात्रा गरि ४ जना विद्यार्थीलाई उक्त सभामा छात्रवृत्ति प्रदान गरिएको थियो। संस्थाका ४ जना जेष्ठ सदस्यहरुलाई पनि उक्त सभामा सम्मान गरिएको थियो। संस्थाका सदस्यका छोराछोरी मध्ये सबैभन्दा बढी अक ल्याई एसईई उतिर्ण गर्ने २ जना विद्यार्थीलाई नगद सहित सम्मान गरिएको थियो ।

सोहि सभामा संस्थाले गत आर्थिक बर्षमा संचालन गरेका विभिन्न तालिम, शिबिर तथा अभिमुखिकरण कार्यक्रमका प्रशिक्षक तथा स्रोत ब्यक्तिहरुलाई पनि कदरपत्र सहित सम्मान गरिएको थियो।

संस्थाले आफ्ना बौद्धिक ब्यक्तित्वहरुलाई सम्मान गरेर एउटा नया अभ्यासको पनि शुरूवात गरेको छ । विभिन्न बिषयहरुमा बिद्याबारिधी तथा स्नातकोत्तर गरेका करिब ७२ जना शेयर सदस्यहरुलाई सोही सभामा सम्मान गरेको थियो।

संस्थामा कार्यरत कर्मचारीहरुको मनोबल उकास्ने उद्देश्यले उत्कृष्ट कर्मचारी पुरस्कार पनि प्रदान गरिएको थियो ।।संस्थाका अधिकृत बाल कृष्ण श्रेष्ठ तथा जुनियर उपसहायक सुशिला श्रेष्ठलाई यस बर्षको उत्कृष्ट कर्मचारी पुरस्कारबाट नगद सहित सम्मान गरिएको थियो।

संस्थाका कोषाध्यक्ष सुदिप श्रेष्ठले धन्यवाद ज्ञापन गरिएको उक्त कार्यक्रमको संचालन संस्थाका सचिब पृथ्वीराम श्रेष्ठले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!