तोकेको भन्दा बढी मूल्यमा एलपी ग्यास बेच्नेलाई निगमले कारबाही गर्ने (सुचना सहित)

काठमाडौं, पुस ८ गते।

तोकेको भन्दा बढी मूल्यमा एलपी ग्यास बिक्री गर्ने वितरकलाई नेपाल आयल निगमले कारबाही गर्ने भएको छ।

आइतबार विज्ञप्ति सार्वजनिक गर्दै निगमले बढी मूल्यमा एलपी ग्यास बेचेको सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा सूचना प्रसारण भएकाले त्यस्तो भेटिए एलपी ग्यास विनियमावली, २०६५ (संशोधनसहित) अनुसार कारबाही गर्ने जनाएको छ। अहिले नजिकको ग्यास उद्योगदेखि ५० किलोमिटर परिधिभित्र एलपी ग्याँसको मूल्य एक हजार ८९५ कायम भएको छ।

निगमका सह प्रवक्ताद्वारा सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, “ग्यास उद्योगदेखि ५० किमिको परिधिभित्र प्रतिसिलिन्डर एक हजार ८९५ भन्दा बढी मूल्यमा बिक्री वितरण गरेको पाइएमा निगमको एलपी ग्यास विनियमावली,२०६५ (संशोधन सहित) तथा अन्य प्रचलित ऐन,कानुन बमोजिम कारबाही हुनेछ। ”

बढी रकममा बिक्री भइरहेको पाइएमा निगमका प्रादेशिक कार्यालयमा सम्पर्क गर्न निगमको आग्रह छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!