काठमाडौं, पुष ९, २०८०ः
नेपाल पशुपंछी औषधी ब्यवसायी संघका केन्द्रिय कार्यसमितिका कोषाध्यक्ष सुना सुबेदी बडालले संघको चितवनमा हुन गैरहेको आसन्न १४ औ राष्ट्रिय महाधिवेशनमा उपाध्यक्ष (आयात) पदमा आफ्नो उम्मेदबारी रहेको बताउनु भयो। आज नौलोआयाम डटकम संग कुरा गर्नु हुदै बर्तमान केन्द्रिय कार्यसमितिका कोषाध्यक्ष बडालले संघको आगामि महाधिबेशनमा उपाध्यक्ष (आयात) पदमा आफ्नो उम्मेदबारी रहने बताए।
आफ्नो उम्मेदबारी बारे स्पष्ट पार्नु हुदै बडालले संघको केन्द्रिय कार्यसमितिमा रहेर काम गर्दाका अनुभब र आफ्नो कार्य कुशलताको प्रयोग गर्दै संघलाई थप गतिशिल बनाउदै ब्यबसायिक हकहितको संरक्षणमा लागि पर्ने बताउनु भयो।
ब्यबसायीहरुका हरेक प्रकारका समस्याहरु समाघान गर्नुका साथै ब्यबसायिक हकहितका बिषयमा आफ्नो निरन्तर साथ र सहयोग रहने प्रतिबद्दता ब्यक्त गर्दै बडालले संघलाई एउटा नया उचाईमा लाने आफु संग ठोस कार्ययोजना रहेको बताउनु भयो। बडालले आफु्ले कुरामा भन्दा परिंणाममुखी काममा बिश्वास गर्ने बताउनु भयो।
नेपालको पशुपंक्षी औषधी ब्यबसायको क्षेत्रको अग्रणी संस्थाको रुपमा परिचित कान्तिपुर भेट डिस्ट्र्रीब्युटर्स प्रा. लि. का संचालक समेत रहनु भएका बडालसंग नेपालको पशुपंक्षी औषधी ब्यबसाय सम्बन्धी लामो अनुभब समेत रहेको छ।
नेपाल पशुपंछी औषधी ब्यवसायी संघ केन्द्रिय कार्यसमितिको १४ औं राष्ट्रीय महाधिबेशन तथा ३३ औं बार्षिक साधारण सभा यहि पुस २४ र २५ गते चितवनमा हुन गैरहेको छ।
