नेपाल बैङ्क लिमिटेडको सिइओमा पाण्डेय नियुक्त

काठमाडौँ, पुस ८ गते ।

नेपाल बैङ्क लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा तिलकराज पाण्डेय नियुक्त हुनु भएको छ । बैङ्क सञ्चालक समितिको शुक्रबारको निर्णय अनुसार पाण्डेयलाई आगामी चार वर्षका लागि सिइओ नियुक्त गरिएको हो ।

बैङ्कका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीको चारवर्षे कार्यकाल पूरा गरी अवकाश पाएसँगै सिइओ पद रिक्त थियो । सिइओका लागि अन्तिम प्रतिस्पर्धामा पाँच जना थिए । जसमध्ये व्यावसायिक कार्ययोजना र अन्तर्वार्तापछि पाण्डेयलाई नियुक्त गरिएको बैङ्कले जनाएको छ ।

नेपाल बैङ्कको सिइओको दौडमा पाण्डेय सँगै अशोककुमार पौडेल, धु्रवचन्द्र गौतम, लक्ष्मण पौडेल र समता पन्त भट्ट पनि हुनुहुन्थ्यो । खुला प्रतिस्पर्धाबाट सिइओ छनोटका लागि बैङ्कले असोज २१ गते दरखास्त आह्वान गरेको थियो ।

नेपाल बैङ्कमै कर्पोरेट क्रेडिट विभाग प्रमुखका रूपमा काम गरिसक्नुभएका नवनियुक्त सिइओ पाण्डेयसँग भिवोर विकास बैङ्कमा नायब प्रमुख कार्यकारी अधिकृत भएर काम गरेको अनुभव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!