शम्भु पौड्याल
सार्थक भेट फर्मा
नेपाल पशुपन्छी औषधी व्यवसायी संघको आउदै गरेको १४ औ केन्द्रिय महाधिबेशनमा नेतृत्वको दावि र आफ्नो उम्मेद्द्वारी धोषणा गर्दै गर्दा त्यसको तरंग आरोप प्रत्यारोपमा महाधिबेशनका प्रतिनिधिमा अन्यौल रहेको अवस्था छ । समयको रुपान्तरण संगै महिला नेतृत्वहरु अगाडी वढेको अवस्था छ । यसरी महिला नेतृत्व अगाडी बढ्दै गर्दा, केहि उम्मेवारी व्यक्तिहरुमा महिला भयकै कारण, अझ प्रष्ट रुपमा भन्नु पर्दा, महिला नेतृत्व असक्षम, महिलाको नेतृत्वमा बस्नु, महिला नेतृत्वले चुनाव जितेमा आफु लज्जित हुने भनेको अशान्ती प्रस्ट रुपमा बिरोध देखिनु दुर्भाग्यपुर्ण रहेको छ । नेतृत्व चयन गर्न व्यवसायी सक्षम रहेका छन् । यस्तो अभिव्यक्ति्ले स्वयमलाई हानी गर्छ ।
अर्को तर्फ लामो समय देखि व्यवसाय गर्दै आएका व्यक्तिहरु, सदस्यहरुको उपस्थिती दिन प्रतिदिन कम हुदै गएको अवस्था छ यो राम्रो संकेतको रुपमा लिन सकिदैन । व्यवसायमा आबद्द भएको छोटो समयमा नै उच्च नेतृत्व लिन लालायित केहि व्यक्तिहरुको कारण सहि नेतृत्वकर्ता ओझेलमा परेको अवस्था छ ।
नेपाल पशुपन्छी औषधी व्यवसायी संघको नेतृत्वको पहिलो योग्य्ता भनेको, कसले कति कम्पनी ल्याएको छ, कुन कम्पनीको सामान कसले कति बेचेको छ, कुन व्यक्तिलाई अदृश्य रुपमा अगाडी बढाउदा आफुलाई सहज हुन्छ उही व्यक्त्ति र समूह अगाडी आएको अवस्था छ । जुन यस संघको लागी क्यान्सर रोग भन्दा खतरनाक छन ।
लामो इतिहास बोकेको यो क्षेत्रमा रहेको पुर्व नेतृत्वकर्ताले, यस संघ र यो व्यवसायमा रहेका व्यवसायका समस्यालाई आत्मसाथ नगरेको अवस्था छ केवल, आफ्ना उत्पादन बेच्न तयार गरिएको समुहको रुपमा लिएको छ। नेतृत्व्को लागि होडबाजी गर्नुको मुख्य कारण पशुपन्छीमा प्रयोग हुने औषधी खुराक दाना जस्ता बस्तु लिएर, व्यवसायीकोमा जाने प्रमाण पत्रको रुपमा र सामाजिक मान मर्यादाको लागि रहेको छ, जुन धातक सिद्द छ ।
यो प्रणालीको सुरुवात गर्नमा पुर्व नेतृत्वकर्ताको हात रहेको छ । महाधिबेशन केही स्वार्थ र महोल बिगारेर अर्कोे ताप लिने समूह यो संघको लागी अर्को बाधक रहेको अवस्था रहेका छ । जस्ले नेतृत्वकर्तालाई उचाल्ने, आर्थिक लाभ लिने नेतृत्वकर्तालाई हौसाएर, आर्थिक, समाजिक क्षेति गराएर, जसले जित हासिल गर्छ उसै संग अबिर जात्रा गर्ने समुह पनि उतिकै छ । अर्को पक्ष यो पनि हो कि संघको आवश्यकता लक्ष्य पहिचान गर्नु पहिलो आवश्यक हो, व्यवसायलाई चाहिने आवश्यकता, बाधा के हो भने व्यवसाय संचालनको निम्ति गर्नु पर्ने कार्य योजना त्यो अभाव छ । जुन संघमा रहेका पुराना भित्र अग्रज, संघ बाहिर रहेको अवस्था छ ।
हाम्रो व्यवसायमा हाल पशुप्राविधिकको उपस्थि्ति ज्यादा छ । यसलाई संघले सम्वोधन गर्नु पर्ने छ । नभए संघको अस्तित्व हराउने जोखिम ज्यादा छ । सबभन्दा पहिलो हामी संग रोड म्याप हुनु पर्यो एजेन्डा हुनु पर्यो , केही छैन । यसर्थ समयको माग संगै हामी तयारी हुनु पर्यो । औषधी व्यवसायको एन नियम बमोजिम हुने सरकारी काम कारवाही रहन्छ । यो हाम्रो एजेन्डा होइन, अर्को दुखद कुरा हाम्रो संघ प्रति पशुपन्छी औषधी व्यवसायिको विश्वास र पकड रहेको छैन । फितलो हुदै गएको छ । पदको लागि हानथाप, कार्यक्षमता ट्रयाप भएपछी संघको अस्थित्व नै धरापमा पर्दछ ।
अन्तमा सबै नेतृत्वकर्ताको सफलताको मापन भनेको उसले दिएको योगदान हो। योगदानको कदर जब सम्म हुदैन, बिकृतीको ताप यसरी नै चली रहन्छ । जब सम्म औषधी व्यवसायी संघमा नेतृत्वकर्तामा अहम, म मात्र जानेको, म नै ठुलो भन्ने भाव रहन्छ । नेतृत्वको होडबाजी यसरी नै चल्छ, अन्यौलमा व्यवसायी रहि नै रहन्छ। सुनौलो बिहानीको आसमा ।

यी लेखकका नीजि बिचार हुन ः सम्पादक