भक्तपुर, पुष ७, २०८०ः
नेपाल औषधि व्यवसायी संघ, भक्तपुर जिल्ला शाखाको अध्यक्षमा नारायण प्रसाद भुसाल निर्बिरोध निर्वाचित हुनु भएको छ। संघको आज सम्पन्न तेश्रो साधारण सभा तथा दोश्रो जिल्ला अधिवेशनले सर्वसम्मत रुपमा भुसालको अध्यक्षतामा जिल्ला कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो।
नबनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा विनोद प्रसाद सापकोटा, उपाध्यक्ष थोक तर्फ किरण माकजु श्रेष्ठ र खुद्रा तर्फ सीताराम खाईतु निर्वाचित हुनु भएको छ। समितिको महासचिवमा सञ्चर सिंह तामाङ्ग , सचिबमा कपिल कसपाल, कोषाध्यक्षमा चेतन शाक्य र उप कोषाध्यक्षमा तर्ण बहादुर श्रेष्ठ चुनिनु भएको छ।
त्यसैगरी कार्यसमितिको सदस्यहरुमा कृष्ण राज बुढाथोकी,मणिराज श्रेष्ठ ,रोहित मानन्धर, शर्मिला लोहला र सुनिल कोजु निर्वाचित भएको छ भने मुरारी नेपाललाई सदस्यमा मनोनित गरेको छ।