मध्यपुर थिमि, पुष १५,२०८०:
रत्न काजि प्रजापति
मध्यपुर थिमि नगरपालिका क्षेत्रमा स्थायी बसोबास भएका कानून व्यवसायीहरुको ऐतिहासिक भेलाबाट मध्यपुर कानून व्यवसायी समाज गठन भएको छ ।
कानून व्यवसायीहरुको पेशागत निष्ठा तथा मर्यादा कायम गर्दै, आफ्नो हक हित संरक्षण गरी समाजप्रति जिम्मेवारी पूर्ण सेवा संचालन गर्ने उदेश्य सहित मध्यपुर कानून व्यवसायी समाज गठन भएको संयोजक वरिष्ठ अधिबक्ता दुर्गा मोहन श्रेष्ठले जानकारी दिनु भयो।

मध्यपुर थिमि नगरपालिका क्षेत्रमा स्थायी बसोवास रहेको कानून व्यवसायीहरु विच पारस्परिक सम्मान तथा मैत्रीपूर्ण सम्बन्ध सुद्धढ बनाउने, कानून व्यवसायलाई मर्यादित व्यवसायको रुपमा समाजमा स्थापित गर्ने, सार्वजनिक सरोकारको विषयमा सक्रिय योगदान गर्ने, विभिन्न पेशागत प्रशिक्षण मूलक कार्यक्रम संचालन गर्ने ,नवोदित कानून व्यवसायीहरुलाई पेशामा स्थापित हुन आवश्यक सहयोग गर्ने जस्ता थुप्रै जनमुखी उदेश्य सहित स्थापना गरिएको यो समाज गरिएको अधिबक्ता राम सुन्दर श्रेष्ठले बताए।
बरिस्ठ अधिबक्ता दुर्गा मोहन श्रेष्ठको संयोजकत्वमा गठित उक्त समाजमा अ राजेन्द्र श्रेष्ठ, अ राम सुन्दर श्रेष्ठ, अ शिवसुन्दर श्रेष्ठ, अ सुनिल श्रेष्ठ, अ संगीता श्रेष्ठ,अ सानू लक्ष्मी ग:सि, अ सरोज कुमार तु छे, अ विरेन्द्र भक्त प्रधानाणाग, अ फर्समाया देवी मगर र अ सुमन श्रेष्ठ सदस्यको रुपमा रहेका छन ।