सफल युवा ब्यबसायी बिकास शर्मा तिमिल्सिनाद्वारा उपाध्यक्ष (थोक) पदमा आफ्नो उम्मेदबारी घोषणा

काठमाडौं, पुष १५, २०८०ः

नेपाल पशुपंछी औषधी ब्यवसायी संघ केन्द्रिय कार्यसमितिका पुर्ब सदस्य बिकास शर्मा तिमिल्सिनाद्वारा संघको आसन्न १४ औ राष्ट्रिय महाधिवेशन तथा ३३औ बार्षिक साधारण सभामा उपाध्यक्ष (थोक) पदमा आफ्नो उम्मेदबारी घोषणा गर्नु भएको छ। नौलोआयाम डटकम संग कुरा गर्नु हुदै पुर्ब केन्द्रिय सदस्य तिमिल्सिनाले संघको आसन्न महाधिबेशनमा उपाध्यक्ष (थोक) पदमा आफ्नो उम्मेदबारी घोषणा गर्नु भएको हो।

संघका अधिकांश पुर्ब केन्द्रिय अध्यक्षहरुको साथ र समर्थन जुटाएर आफुले उम्मेदवारी घोषणा गरेको बताउदै तिमिल्सिनाले संघका सातै प्रदेश र अधिकांश जिल्ला शाखाहरुको आफुलाई समर्थन रहेको बताए।

संघका काभ्रे पुर्व शाखाका संस्थापक तथा निवर्तमान अध्यक्ष समेत रहनु भएका तिमिल्सिनाले सम्पुर्ण ब्यबसायीहरुको माया र सदभाबको कारण आफ्नो जीत सुनिस्चित रहेको बताउनु भयो।

संघको भैरहवामा सम्पन्न भएको १३ औ राष्ट्रिय महाधिवेशनमा आफु थोरै मतान्तरले मात्र उपबिजेता भएको स्मरण गर्नु हुदै तिमिल्सिनाले यसपालीको चुनाबमा सम्पुर्ण ब्यबसायी मित्रहरुले आफुलाई सहयोग गर्ने बिश्वास ब्यक्त गर्नु भयो।

बिगत अढाई दशक देखि पशुपंक्षी औषधि ब्यबसायमा संलग्न रहनु भएका, ब्यबसायी माझ निकै लोकप्रिय काभ्रे भेटेरीनरी सेन्टरका सन्चालक समेत रहनु भएका उपाध्यक्ष (थोक) पदका उम्मेदवार बिकास शर्मा तिमिल्सिनाले आफु लामो समय देखि यहि क्षेत्रमा सक्रिय रहेको कारण आफुलाई यो पेशा संग सम्बन्धित समस्याहरुको राम्रो जानकारी रहेको र समाघानका लागि आफुसंग बिशेष कार्ययोजना रहेको नौलोआयाम डट्कमलाई बताउनु भयो।

नेपाल पशुपंछी औषधी ब्यवसायी संघ केन्द्रिय कार्यसमितिको १४ औं राष्ट्रीय महाधिबेशन तथा ३३ औं बार्षिक साधारण सभा यहि पुस २४ र २५ गते चितवन जिल्लाको भरतपुरमा हुन गैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!