काठमाडौं, पुष १४, २०८०ः
नेपाल पशुपंछी औषधी ब्यवसायी संघ केन्द्रिय कार्यसमितिका सदस्य कृष्ण प्रसाद लम्सालले यहि पुष २४ र २५ गते हुने संघको आसन्न १४ औ राष्ट्रिय महाधिवेशनमा कोषाध्यक्ष पदमा आफ्नो उम्मेदबारी घोषणा गर्नु भएको छ। नौलोआयाम डटकम संग कुरा गर्नु हुदै बर्तमान केन्द्रिय कार्यसमितिका सदस्य लम्सालले संघको आसन्न महाधिबेशनमा कोषाध्यक्ष पदमा आफ्नो उम्मेदबारी घोषणा गर्नु भएको हो।
उ्म्मेदवारी बारे जानकारी दिनु हु्दै केन्द्रिय सदस्य लम्सालले बिगत ३ दशक देखि नै आफु यो क्षेत्रमा सक्रिय रहेको बताउदै आफ्नो सिप, अनुभब र कार्यक्षमतालाई ब्यबसायीहरुको हितमा उपयोग गर्ने बताए। “म सदैब ब्यबसायिक हकहितको संरक्षणमा लागि पर्नेछु।” लम्सालले बताए।
नेपालको पशुपंक्षी औषधी ब्यबसाय सम्बन्धी लामो अनुभब बटुली सकेका सिमर्ग ईन्टरनेशनल प्रा लि का प्रबन्ध निर्देशक समेत रहेका लम्सालले ब्यबसायीहरुका हरेक समस्याहरुको समाघान गर्नका लागि आफु सदैब अग्रपक्तिमा रहने बताउनु भयो।
नेपाल पशुपंछी औषधी ब्यवसायी संघ केन्द्रिय कार्यसमितिको १४ औं राष्ट्रीय महाधिबेशन तथा ३३ औं बार्षिक साधारण सभा यहि पुस २४ र २५ गते चितवन जिल्लाको भरतपुरमा हुन गैरहेको छ
