कान्तिपुर भेट डिस्ट्रिब्युटर्सका प्रबन्ध निर्देशक ऋषि बडाल सम्मानित

बारा, माघ १०, २०८०ः
रत्न काजि प्रजापति

नेपालको भेटेरीनरी क्षेत्रको अग्रणी संस्था कान्तिपुर भेट डिस्ट्रिब्युटर्सका प्रबन्ध निर्देशक हेमराज बडाल (ऋषि) सम्मानित भएका छन। बाराकाे निजगढ-८ स्थित गाैरीशंकर माध्यमिक विद्यालयकाे स्वर्ण जयन्तीको अवसरमा बिद्यालयका पुर्ब बिद्यार्थी समेत रहेका ब्यबसायी बडाल सम्मानित भएका हुन। बडाललाइ कार्यक्रमका प्रमुख अतिथि तथा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविकुमार बर्ताैलाले सम्मान गरेका हुन् ।

रोजगारी सिर्जना र उद्यमशीलता बिकास नामक समाजिक संस्थामा संलग्न भई आफुले संचालन गरेका बिभिन्न ब्यबसाय र उद्यम मार्फत रोजगारी सिर्जना गरी नागरिक समाजलाई टेवा पुर्याएकोमा ब्यबसायी हेमराज बडाल (ऋषि)लाई सम्मानपत्र सहित दोसल्ला ओ्ढाई सम्मानित गरेको थियो।

सम्मानित ब्यक्तित्व बडाल संलग्न रहेका पशु औषधी तथा पशुपंक्षी संग सम्बन्धित संस्थाहरु नेपालको अग्रणी संस्थाको रुपमा परिचित रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!