निलबाराहि बोडे, मध्यपुर थिमि, माघ २०, २०८०ः
नेपाल पशुपंक्षी औषधी बजार प्रतिनिधि संघ काठमाडौं शाखाद्वारा यस क्षेत्रसंग सम्बन्धित बिभिन्न ब्यक्तित्वहरुलाई आज सम्मान गरेको छ। भेटेरिनरी क्षेत्रका बिभिन्न बिधामा रहेर बिशिष्ट योगदान पुर्याउनु भएका ब्यक्तित्वहरुलाई संघद्वारा आज आयोजित बनभोज तथा सम्मान कार्यक्रममा उहाहरुलाई सम्मान गरिएको हो।
सम्मान कार्यक्रममा नेपाल पशुपंक्षी औषधी ब्यबसायी संघको हालै निर्वाचित केन्द्रिय कार्यसमितिको तर्फबाट सदस्य शंकर सुबेदी तथा नेपाल पशुपंक्षी औषधी ब्यबसायी संघ बागमति प्रदेश कार्यसमितिका नबनिर्वाचित अध्यक्ष ईश्वर थापालाई बिशेष सम्मान गरिएको थियो।

अग्रज पशुपंक्षी औषधी ब्यबसायी पुरुषोतम मानन्धर, अग्रज पशु चिकित्सक डा उमेश मन्डल, पशु चिकित्सक काजि बहादुर श्रेष्ठ, पशुपंक्षी औषधी ब्यबसायी भाष्कर भन्डारी उहाहरुले पुर्याउनु भएको बिशिष्ट योगदानको कदर स्वरुप सम्मानित हुनु भएको थियो।

त्यसैगरी पशुपंक्षी औषधी बजार प्रतिनिधि भएर करिब दुइ दशक भन्दा लामो समय कार्यरत रहनु भएका रत्न काजि प्रजापति, उदय अधिकारी, मिनु लामा, अमित शाह र गोकुल बिसुराललाई संघले बिशेष सम्मान गरेको थियो।

कार्यक्रममा सुर्यबिनायक नगरपालिका पशु शाखामा कार्यरत भर्खरै सेवा निबृत हुनु भएका पशु प्राबिधिक मुंगालाल शाहलाई पनि सम्मान गरिएको थियो। संघले आफ्नो कार्यसमितिका पुर्ब अध्यक्ष सुरज कुमार मगर लगायत कार्यसमितिका सम्पुर्ण टिमलाई पनि बिशेष सम्मान गरिएको थियो।

सम्मानित ब्यक्तित्वहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल पशुपंक्षी औषधी ब्यबसायी संघ केन्द्रिय कार्यसमितिका सदस्य शंकर सुबेदी, बिशेष अतिथि नेपाल पशुपंक्षी औषधी ब्यबसायी संघ बागमति प्रदेश कार्यसमितिका अध्यक्ष ईश्वर थापा तथा आयोजक सस्थाका अध्यक्ष सन्तोष बस्नेतले संयुक्त रुपमा सम्मान गर्नु भएको थियो।
नेपाल पशुपंक्षी औषधी ब्यबसायी संघ केन्द्रिय कार्यसमितिका सदस्य शंकर सुबेदीको प्रमुख आतिथ्यतामा तथा नेपाल पशुपंक्षी औषधी ब्यबसायी संघ बागमति प्रदेश कार्यसमितिका अध्यक्ष ईश्वर थापाको बिशेष आतिथ्यतामा आयोजक सस्थाका अध्यक्ष सन्तोष बस्नेतको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रमको संचालन संघका सहसचिब अमोज दाहालले संचालन गर्नु भएको थियो।