त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय प्रमुख चन्दद्वारा राजीनामा

काठमाडौँ, माघ २०, २०८०ः

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक अर्जुन चन्दले पदबाट राजीनामा दिनुभएको छ ।

सुरक्षा प्रमुखले एकाएक राजीनामा दिएपछि अहिले निकै चासोको विषय बनेको छ । व्यक्तिगत कारणले आफूले राजीनामा दिएको प्रहरी नायब महानिरीक्षक चन्दले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मैले मेरो व्यक्तिगत कारणले शुक्रबार राजीनामा दिएको छु, बाँकी अहिले म केही भन्दिनँ ।” चन्दको उमेर हदको सेवा अवधि आगामी २०८१ चैत मसान्तसम्म रहेको थियो ।

Source: RSS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!