धनगढी, माघ २०, २०८०ः
नेपाल पशुपंक्षी औषधि बजार प्रतिनिधि संघ धनगढी शाखाको अध्यक्षमा सुरेशप्रसाद भट्ट चुनिनु भएको छ। धनगढीमा आज सम्पन्न भएको पशुपंक्षी औषधी बजार प्रतिनिघिहरुको भेलाले भट्टको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको हो। ]
नबगठित समितिको उपाध्यक्षमा भरत भट्ट, सचिबमा अमित शाही, सह सचिबमा डी बी खडका र कोषाध्यक्षमा मनोज शाही चुनिनु भएको छ। त्यसैगरी सदस्यहरुमा गोपिलाल चौधरी, रामदत्त जोशि, मान बहादुर बोहरा, गणेश माली, श्याम जोशी र सुरेश दहित चयन हुनु भएको छ।
नेपाल पशुपंक्षी औषधि बजार प्रतिनिधि संघको दशौं शाखाको रुपमा धनगढी शाखा गठन भएको हो।
