भक्तपुरका बरिष्ठ स्वतन्त्र पत्रकार कृष्ण किसी सम्मानित

भक्तपुर, माघ २३, २०८०ः
रत्न काजि प्रजापति

भक्तपुरका बरिष्ठ स्वतन्त्र पत्रकार कृष्ण किसी सम्मानित भएका छन।

रफत सञ्चार क्लव सूर्यविनायक भक्तपुरको आज सम्पन्न भएको १४ औ वार्षिकोत्सवको अवसरमा पत्रकार किसी सम्मानित भएका हुन। कार्यक्रमका प्रमुख अतिथि राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रिय सभापति तथा पुर्ब उपप्रधानमन्त्री एब गृहमत्री रवि लामिछानेले उनलाई नगदसहित सम्मानपत्र र दोसल्ला ओढाई सम्मान गरेका हुन् । पत्रकार किसी युवा क्रियाशिलता पुरस्कारले सम्मानित भएका हुन।

पत्रकार किसी बिगत २५ वर्षदेखि पत्रकारितामा निरन्तर क्रियाशिल छन् । साथै उनी डेढ दशकदेखि ख्वप कलेज देकोचा भक्तपुरमा पत्रकारिता विषय अध्यापनरत छन् । ्हाल उनी नागरिक दैनिक तथा एबीसीडी खबर डटकम सँंग पनि आवद्ध छन् । उनि स्वतन्त्र पत्रकार संघका केन्द्रिय पार्षद समेत हुन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!