भक्तपुर, माघ २३, २०८०ः
रत्न काजि प्रजापति
रफत सञ्चार क्लब भक्तपुरको १४ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ। पुर्ब उपप्रधानमन्त्री तथा गृहमन्त्री एब रास्वपाका सभापति रबि लामिछानेले उक्त कार्यक्रमको उदघाटन गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि लामिछानेले स्वर्गीय तुलबहादुर थापा एवं रूपा थापा स्मृति पत्रकारिता पुरस्कारबाट गोरखापत्र दैनिकका प्रधान सम्पादक शिवकुमार भट्टराईलाई दोसल्ला ओढाई सम्मान गरे । यसैगरी उनले रफत सञ्चार क्लब क्रियाशील पत्रकारिता पुरस्कारबाट नागरिक दैनिकका पत्रकार कृष्ण किसी र नेपाल टेलिभिजनका दिलिप थापालाई पनि दोसल्ला ओढाई सम्मान गरेका थिए ।
उक्त कार्यक्रममा प्रमुख अतिथि सभापति लामिछानेले कल्पना स्मृति पुरस्कारबाट कर्णाली प्रदेश, क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक एवं वरिष्ठ रेडियोलजिस्ट डा रविन खड्कालाई दोसल्ला ओढाई सम्मान गरेका थिए ।
कार्यक्रममा रास्वपाका प्रमुख सचेतक सन्तोष परियार, भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रोशनी श्रेष्ठ लगायतले संबोधन गर्नु भएको थियो। रफत सञ्चार क्लबका अध्यक्ष सुशीलबन्धु थापाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो।