गलत समाचार प्रसारणको घोर भत्सर्नाः जनताको बिश्वासमा आँच आउने गरि कुनै पनि कार्य नगरेको उपप्रमुखको भनाई

मध्यपुर थिमि, फागुण १, २०८०ः

मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख बिजय कृष्ण श्रेष्ठ र वडा न ४ का वडा अध्यक्ष बालकृष्ण श्रेष्ठले हिजो माघ २९ गते प्राईम एचडी टिभीको खबर अन्बेषण कार्यक्रममा आफुहरु बारे प्रसारित खबरको कडा खण्डन गरेको छ।

आज एक प्रेस बिज्ञप्ति जारी गर्दै उपप्रमुख श्रेष्ठले आफुहरुको मान मर्दन गर्ने उदेश्यबाट प्रेरित भएर अनावश्यक, झुठो, अतिरन्जित, तथ्यहिन, समाचार प्रसारण गरेको प्रति आफुहरुको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।

“४ नं वडा कार्यालयबाट सिफारिस सम्बन्धि बिषयको विवाद टुंगोमा पुग्न नसकेपछी न्यायिक समितिमा प्राप्त सो मिसिलका सम्बन्धमा न्यायिक समितिले मिति २०८० माघ ८ गते साधिकार निकायमा जान दुबै पक्षलाई सुनाई दिने आदेश भएको अबस्थामा त्यसको २० दिनपछी यस मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख र ४ नं वडाका वडा अध्यक्षको मानमर्दन हुने तवरबाट झुठा लान्छना लगाउने कार्य खेदजनक छ।” प्रेस बिज्ञप्ति भनिएको छ।

आफ्नो अभिष्ट पूरा नहुने अबस्थामा पुगेपछी मिडियाको आडमा न्यायिक निरुपणमा प्रभाब पार्ने उदेश्यबाट समाचार प्रेरित भएको भन्दै समस्त जनमानसमा सो भिडियोमा रहेको बिषयमा भ्रममा नपर्न उहाहरुले अपिल गर्न भयो।

उपप्रमुख श्रेष्ठले आफुहरुले स्थानिय सरकार संचालन ऐन २०७४ को परिधिभित्र रहि कार्य गरेको तथा जनताको बिश्वासमा आँच आउने गरि कुनैपनी कार्य नगरेको बताउदै गलत, अफवाहपुर्ण, समाचार प्रसारणको घोर भत्सर्ना तथा निन्दा गर्दै ती अनर्गल आरोप लगाउने अवान्छित ब्यक्तिहरु र समाचार संस्था उपर आवश्यकता अनुसार कानुनी कारवाहिमा जाने समेत प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रेस बिज्ञप्ति:

प्रेस बिज्ञप्ति

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!