भक्तपुर, फागुण १, २०८०ः
भक्तपुरको चाँंगुनारायण नगरपालिका वडा नं ९ ताथलीमा रहेको छोरीको घर ज्येष्ठ नागरिक आश्रमले अलपत्र परेका ज्येष्ठ नागरिकहरुलाई सहारा दिने बताएको छ। आश्रमले करिब ५१ आना जग्गामा आफ्नै भवन बनाउने योजना रहेको समेत बताएको छ।
छोरीको घर जेष्ठ नागरिक आश्रमका संरक्षक विश्वविख्यात कथावाचक बालयोगेश्वर श्री विजय कृष्ण मूर्तिजी महाराजले आज आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिनु भएको थियो।आश्रमले यहि २०८० असोज ११ गते देखि २७ गते सम्म आयोजना गरेको धार्मिक तथा साँंस्कृतिक महामहोत्सव एवं श्रीमद भागवत विराट पित्री उद्धार ज्ञान महायज्ञको आयब्यय बिबरण पत्रकार सम्मेलन मार्फत सार्बजनिक गरेको छ। उक्त महायज्ञबाट एक करोड १२ लाख ३६ हजार तीन सय ८९ रुपैयाँं ६५ पैसा आम्दानी भएको थियो भने खर्च एक करोड ८३ लाख ८४ हजार एक सय ६१ भएको थियो ।

आश्रमका संरक्षक विश्वविख्यात कथावाचक बालयोगेश्वर श्री विजय कृष्ण मूर्तिजी महाराजले महायज्ञबाट सात करोड दान रकम संकलन हुने अपेक्षा गरिए पनि अपेक्षा भन्दा निकै कम मात्रै दान रकम संकलन हुन गएको उनको भनाई थियो ।
