हेटौडा, फागुण १, २०८०ः
रत्न काजि प्रजापति
हेटौडाका युवा ब्यबसायी फेञ्चु लामा सृजनशील कृषक सम्मान २०८० बाट सम्मानित भएको छ। हेटौडा उपमहानगरपालिकाको ५५ औं नगर स्थापना दिवसको अवसरमा लामालाई सम्मान गरेको हो। युवाहरु बिदेसिने क्रम बढिरहेको हालको अबस्थामा कृषी कर्म मार्फत सफल किसान बनेर युवाहरुको लागि प्रेरणाको स्रोत बन्न सफल हुनु भएकोमा उहालाई यो सम्मान प्रदान गरेको हो।
युवा स्वरोजगार मार्फत मुलुक मै केहि गर्न सकिन्छ भन्ने आँट र साहसका साथ हेटौडामा एम.एन.एस. एग्रो प्रा.लि. स्थापना गरी व्यावसायिक रुपमा ड्रागन फ्रूट, मेवा, खरबुजा, एभोकाडो लगायतका फलफूल, सयपत्री फूल, तरकारी खेती, नर्सरी र वास्रापालन गरी सफल उद्यमीका रुपमा समस्त युवाहरुका लागि प्रेरणाको श्रोत बन्न सफल हुनुभएकोमा लामालाई सम्मान गरिएको सम्मान पत्रमा उल्लेख गरिएको छ।

सम्मान पत्र ग्रहण गरे पछि नौलोआयाम डटकमलाई संक्षिप्त प्रतिक्रिया दिनु हुदै लामाले नगरपालिकाले आफ्नो कामको उचित मुल्याकंन गरी आफुलाई सम्मान गरेकोमा खुशी ब्यक्त गदै यस्ले आफुलाई थप जिम्मेबारीका साथ कृषी कर्ममा लाग्न प्रेरणा दिएको बताए।
PC; bishwa raj baniya