माओवादी केन्द्रले चैत १ गतेदेखि तराई–मधेस जागरण अभियान चलाउने

काठमाडाैं, फागुन ११, २०८०ः

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले चैत १ गतेदेखि तराई–मधेस जागरण अभियान सञ्चालन गर्ने भएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकले सो निर्णय गरेको हो ।

बैठकले अभियानको वर्गीकरण र मूल्यांकन, आउँदो अभियानको तयारी, संगठनात्मक कार्यविभाजन, विभिन्न विभागबारे सुदूरपश्चिममा दलको नेताबारे एजेण्डामा छलफल भएको पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले बताउनुभयो । उहाँले बैठकमा माओवादी विशेष रुपान्तरण अभियानका क्रममा धेरै खट्नेलाई सम्मानपत्र दिने र काम नगर्नेलाई कारबाही गर्ने निर्णय भएको बताउनुभयो ।

उहाँले धेरै राम्रो काम गर्ने र काम नगर्नेहरुको नाम शुक्रवारको बैठकपछि सार्वजनिक गर्ने बताउनुभयो । उहाँले चैत्रपछि तीन वटा अभियान चलाउने बताउनुभयो ।

प्रवक्ता सापकोटाले गठबन्धनबारे नेपाली कांग्रेसको भूमिकालाई महत्वपूर्ण रुपमा लिएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!