प्रधानमन्त्री प्रचण्डद्वारा नेपालकै लामो कठाल–मल्हनिया–मल्टिस्पान झोलुङ्गे पुलको उद्घाटन

काठमाडाैं, फागुन १२, २०८०ः

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कठाल–मल्हनिया–मल्टिस्पान झोलुङ्गे पुलको उद्घाटन गर्नुभएको छ । उहाँले सिराहा नगरपालिका वडा नं १३ मल्हनीया र जनकनन्दिनी गाउँपालिका वडा नं ६ कठाल जोड्ने कठाल–मल्हनिया–मल्टिस्पान झोलुङ्गे पुलको उद्घाटन गर्नुभएको हो ।

शनिबार उद्घाटन समारोहमा प्रधानमन्त्री प्रचण्डले तराईमा सिंचाइ बिस्तार गरी र उत्पादकत्व वृद्धि गर्न सरकारले सहयोग गर्ने बिश्वास व्यक्त गर्नुभयो । नेपालको भुगोलअनुसार झोलुङ्गे पुलको महत्व रहेको उल्लेख गर्दै देशका विभिन्न स्थानमा झोलुङ्गे पुलको निर्माणमा प्राथमिकता दिएको पनि बताउनु भयो निर्माण सम्पन्न भएको पुलले धनुषा र सिरहाका जनतालाई राहत पुर्याएको बताउँदै उहाँले दुई जिल्लाको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

नेपालकै सबैभन्दा लामो यस पुलको लम्बाई एक हजार पाँच सय दशमलव ४४ मिटर रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!