नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाले खरिद गर्यो ११ लाख डोज लम्पि स्किन रोग बिरुदको खोप: अस्पष्ट स्पेसिफिकेशनका कारण नीतिगत भ्रस्टाचारको आशंका: करोडौ रुपैयाको चलखेल

काठमाडौं, फागुन १५, २०८०ः

नेपालमा महामारीको रुपमा फैलिदै गरेको गाईभैसीमा लाग्ने लम्पी स्किन रोग बिरुदको खोप (एलएसडी खोप) सरकारले खरिद गरेको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालद्वारा विश्व बैंकको ऋण सहयोगमा सञ्चालन गरिएको नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाले टेन्डर प्रक्रिया मार्फत सो खोप खरिद गरेको हो। आयोजनाले यहि नोभेम्बर १२, २०२३ मा खोप खरिदको लागि टेन्डर आह्वान गरेको र सोहि बमोजिम ११ लाख डोज एलएसडी भ्याक्सिन हिजो राती आईतबार नेपाल आई पुगेको हो। प्रति डोज रु ३९ रूपैयाँ ९६ पैसा मुल्य रहेको जम्मा ४ करोड ३९ लाख ५६ हजार रूपैयाँको खोप नेपाल आइपुगेको हो। उक्त खोप हाल त्रिपुरेश्वर स्थित रास्ट्रिय खोप उत्पादन प्रयोगशालाको कोल्ड रुममा भण्डारण गरिएको छ।

आयोजनाले आह्वान गरेको भ्याक्सिन खरिदको टेन्डर प्रक्रियामा कान्तिपुर भेट डिष्टिब्युटर्स प्रा.लि., भेट लाइफ फर्मास्युटिकल्स प्रा.लि. काभ्रे भेटेरिनरी सेन्टर र सुनगाभा भेट फर्मा सहभागी थिए। टेन्डर प्रक्रियामा सहभागी चारवटै फार्म मध्ये सुनगाभा भेट फर्माले टेण्डर पाएको थियो।

अस्पष्ट स्पेसिफिकेशनका कारण नीतिगत भ्रस्टाचारको आशंका

भ्याक्सिनको टेन्डर प्रक्रियामा सहभागी अन्य फार्महरुले आयोजनाको टेण्डर डकुमेन्टको एलएसडी खोपको टेक्निकल स्पेसिफिकेसनको बुदाँ नं. ७ मा उल्लेख गरिएको खोपको डोजमा रहेको अस्पष्ट स्पेसिफिकेशनका कारण पुरै टेन्डर प्रक्रियामा नीतिगत भ्रस्टाचारको आशंका ब्यक्त गरेका छन। उनिहरुले बिशेष गरी २५ डोज र ५० डोजको भ्याक्सिनको मुल्यमा रहेको ठुलो अन्तरलाई आधार मानेर सम्पुण प्रक्रियामा नीतिगत भ्रस्टाचार भएको आरोप लगाएको छ।

टेन्डर हात पारेर खोप सप्लाई गरिसकेका सुनगाभा भेट फर्माको नौलोआयामलाई प्राप्त खरिद बिल अनुसार एलएसडी खोप ५० डोजको १३.५ $ पर्छ भने सोहि खोप २५ डोजको १२.५ $ पर्दछ।

सोहि बिल अनुसार मात्र हेर्ने हो भने पनि ५० डोजको भ्याक्सिनको प्रति डोज ३५ रुपिया ७९ पैसा पर्नेछ भने २५ डोजको भ्याक्सिनको प्रति डोज मुल्य ६६ रुपिया २८पैसा पर्ने देखिन्छ।( १ $ = १३२.५६ नेपाली रुपिया)

तर भ्याक्सिनको स्पेसिफिकेशनमा २५ र ५० दुबै डोज उल्लेख गरी अन्यौल सृजना गरेको आयोजनाले भ्याक्सिन खरिद गर्दा ५० डोजको भ्याक्सिन मात्र खरिद गरेको देखिन्छ। २५ डोजको भ्याक्सिन खरिद गरेको देखिदैन। सप्लायर्सको खरिद बिल हेर्दा पनि सोहि कुरालाई समर्थन गरेको देखिन्छ।

टेन्डर प्रक्रियामा सहभागी अन्य फार्महरुले आयोजनाले यहि बुदामा टेकेर आफुलाई अन्यौलमा राखेको बताए। ५० डोज र २५ डोजको फरक भ्यक्सिन सप्लाई गर्दा करिब ३० रुपिया ४९ पैसा फरक पर्ने र यसैलाई आधार मान्ने हो भने पनि यो टेन्डर प्रक्रियामा शुरु देखि नै आयोजना र सप्लायर्स मिलेर करोडौ रुपैयाको नीतिगत भ्रस्टाचार गरेको उहाहरुको आरोप छ। आयोजनाले २५ डोजको भ्याक्सिन पनि खरिद गर्नु पर्ने उनिहरुले बताएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!