युवा पोल्ट्री ब्यबसायी प्रकाश श्रेष्ठले खोल्यो चितवनमा ‘एभ्रिडे चिकन’

उपभोक्तालाई स्वच्छ वातावरणमा स्वस्थकर कुखुराको मासु उपलब्ध गराउने उदेश्य

चितवन, फागुन १५, २०८०ः

युवा पोल्ट्री ब्यबसायी प्रकाश श्रेष्ठले पुर्बी चितवनको खैरहनीमा ‘एभ्रिडे चिकन’ पसल संचालनमा ल्याएको छ। उपभोक्तालाई स्वच्छ वातावरणमा स्वस्थकर कुखुराको मासु बिक्री गर्ने उदेश्यको साथ एभ्रिडे चिकन संचालनमा आएको हो ।

लामो समयदेखि पोल्ट्री ब्यबसायमा संलग्न रहनु भएका ब्यबसायी श्रेष्ठले उपभोक्ताहरुको स्वास्थ्यलाई प्राथमिकतामा राखेर स्वच्छ र स्वस्थकर मासु बिक्री गर्न पसल संचालनमा ल्याएको बताए । युवा उद्यमी श्रेष्ठले खैरहनी ६ मा रहेको आफ्नै सुविधासम्पन्न बधसालामा कुखुरा काटेर तयार गरिने र पर्सा बजारको आउटलेटबाट बिक्री वितरण गरिने बताए ।

आफुहरुले मासुको गुणस्तरमा बिशेष ध्यान दिएको बताउदै श्रेष्ठले बधशालामा पहिलो चरणको काम सकेर पसलमा ल्याएर चिलिङ्ग मेसिनमा मासु राखिसके पछि मात्र बिक्री गरिने बताए ।

आफुहरुको यो पहिले आउटलेट भएको बताउदै श्रेष्ठले छिट्टै नै अन्य स्थानहरुमा पनि आबश्यकता अनुसार आउट्लेटहरु थपिदै जाने बताए। हाल ५ जनाले प्रत्यक्ष रोजागरी पाएको बताउदै उहाले हाल युवाहरुमा देखिएको बिदेश मोहलाई देशमै बसेर केहि गर्न सकिन्छ भन्ने सन्देश दिनु पनि आफुहरुको उदेश्य रहेको बताए।

ब्यबसायी प्रकाश श्रेष्ठ खैरहनी चेम्बर्स अफ कमर्सका अध्यक्ष पनि हुनुहुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!