गलत तथ्यमा उभिएर गौरव कायम गर्न नसक्ने : महासंघको संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ कायम गर्न माग

काठमाडौं, फागुन १५, २०८०ः
कृष्ण किसी

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले नेपाल पत्रकार महासंघले गलत तथ्यमा उभिएर गौरव कायम गर्न नसक्ने भन्दै महासंघको संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ कायम गर्न माग गरेको छ। फोनिजले मंगलबार नेपाल पत्रकार महासंघलाई स्मरणपत्र बुझाउँदै विसं २००८ साल जेठमा नेपाली पत्रकारहरुलाई पहिलो पटक संगठित गर्ने स्वर्गीय श्रेष्ठलाई संस्थापक अध्यक्ष कायम राख्न माग गरेका हुन्।फोनिजका केन्द्रीय अध्यक्ष गजुर्धन राईले पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेललाई आन्दोलनको अल्टिमेटमसहित सो स्मरणपत्र बुझाउनुभयो।

स्वर्गीय श्रेष्ठलाई महासंघको संस्थापक अध्यक्ष कायम गरी इतिहासलाई सम्मान गर्न माग गर्दै फोनिजले गत वर्ष पत्रकार महासंघ जिल्ला, प्रदेश र केन्द्रमा ज्ञापनपत्र बुझाएकोले मंगलबार बुझाइएको पत्रलाई स्मरणपत्र भनिएको थियो। स्मरण पत्र बुझ्दै पत्रकार महासंघका अध्यक्ष पोखरेलले पत्रकार महासंघ गलत तथ्यको आधारमा रम्न नचाहेको उल्लेख गर्दै प्राप्त तथ्य र प्रमाणको आधारमा इतिहास सच्याउने पक्षमा रहेको बताउनुभयो।‘ महासंघ गलत तथ्यको जगमा उभिन पटक्कै चाहेको छैन।तथ्यलाई सम्मान गरेर अघि बढ्न चाहन्छ । तर अहिलेको विधानले स्वर्गीय कृष्णप्रसाद भट्टराईलाई संस्थापक अध्यक्ष भनेको छ । यसबीचबाट इतिहास सही या गलत के हो भन्ने विषयमा विज्ञहरूसहितको टोलीबाट अध्ययन गराई टुगो लगाउँदा न्यायपूर्ण हुनेछ।’ ‘ संस्थापक अध्यक्षको विषयको अध्ययन छिटो होस् र एउटा टुंगोमा पुग्न सकियोस् भन्ने हाम्रो पनि चाहना हो, त्यसका लागि अध्ययन गराएर अघि बढ्नुपर्छ। त्यसका लागि महासंघले तत्काल पहल लिने छौं । ’ उहाँले भन्नुभयो।अध्यक्ष पोखरेलले महासंघको यही फागुन १९ गते बैठक रहेकाले त्यसमा सो विषय प्रवेश गराई छलफल गराउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। यस अघि फोनिजका अध्यक्ष राईले फोनिजको माग अनुसार एक साताभित्र स्वर्गीय श्रेष्ठलाई महासंघको संस्थापक कायम गर्न प्रक्रिया शुरु नगरे देशव्यापी आन्दोलनमा उत्रिने चेतावनी दिनुभयो।उहा“ले सत्य र तथ्यको आधारमा रहेको चल्नुपर्ने पेशाकर्मीहरुको संगठनले तथ्यको आधारमा इतिहासलाई सच्याउने संकल्प नगर्न हो भने इतिहासको अगाडि लज्जित हुनुपर्ने बताउनुभयो। सो अवसरमा महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले फोनिजको सुझाव र मागअनुसार महासंघले अध्ययन समिति बनाएर इतिहास र संस्थापकबारे टुंगो लगाउन तयार रहेकाले दबाबको कार्यक्रम नगर्न फोनिजलाई आग्रह गर्नुभयो ।

महासंघ महाधिवेशनको संघारमा रहेकाले आन्दोलन, तालाबन्दीजस्ता गतिविधि फोनिजले गर्न नहुने उहाँको भनाई थियो।वरिष्ठ उपाध्यक्ष विष्टले सो विषयमा महासंघ सचेत रहेकाले चा“डै अध्ययन समिति गठन गरेर अघि बढ्ने पनि प्रतिबद्धता व्यक्त गर्नुभयो। महासंघका महासचिव रोशन पुरीले तथ्यलाई कसैले पनि तोडमोड गर्न नमिल्ने भएकाले त्यसबारे अध्ययन गराएर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो । अध्ययन समिति बनाएर त्यसबारे निक्र्यौलमा पुग्नेगरी काम गर्न महासंघ तयार रहेकाले संघर्षका कार्यक्रम फिर्ता लिन उहाँले फोनिजसंग आग्रह गर्नुभयो । स्मरणपत्र बुझाउने टोलीमा फोनिजका पदाधिकारी र संघीय सदस्य सहित नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठसहितको टोलीको पनि सहभागिता रहेको थियो। वार्तामा आउन आग्रह महासंघका महासचिव रोशन पुरीले आज फोनिजलाई पत्र लेख्दै वार्ताको माध्यमबाट समस्या समाधानका लागि आग्रह गर्नुभयो। फोनिजको अल्टिमेटमसहितको स्मरणपत्रले महासंघको गम्भीर ध्यानाकर्षण भएको बताउँदै उहाँले वार्ता र संवादमा आउन फोनिजलाई आग्रह गर्नुभयो। महासचिव पुरीद्वारा जारी पत्रमा लेखिएको छ, ‘यो विषयलाई वार्ता र संवादमार्फत निश्चित विधि तय गरी टुग्याउनुपर्ने महासंघको निष्कर्ष छ । अतः घोषित आन्दोलनको कार्यक्रम फिर्ता लिई वार्तामा आउनका लागि हार्दिक अनुरोध छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!