काठमाडाैं, फागुन १५, २०८०ः
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मिटरब्याज पीडितहरुको समस्या समाधान गर्न सरकार संवेदनशील रहेको बताउनुभएको छ । मंगलबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले मिटरब्याज पीडितहरुको समस्या समाधान गर्न सरकार संवेदनशील रहेको बताउनुभएको हो ।
मन्त्री शर्माले मिटरब्याज पीडित र लघुवित्त पीडितहरुको समस्यालाई सरकारले गम्भिरतापूर्वक हेरेको बताउनुभयो । समस्या समाधानका लागि कोशिस पनि भइरहेको उहाँले बताउनुभयो । उहाँले कयौँ ठाउँमा मिटरब्याज रोकिएको र ऋण लेनदेन नभएको पनि बताउनु भयो । कतिपय ठाउँमा मिलापत्र गराइ सकिएको पनि उहाँको भनाई छ । मन्त्री शर्माले सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत समस्या समाधानको प्रयास गरिरहेको बताउनुभयो ।
उहाँले मिटरब्याज पीडितहरुको विषयलाई उचाल्ने भन्दापनि समस्या समाधान गर्नेतर्फ जानुपर्ने भन्दै सरोकारवालालाई आग्रह समेत गर्नुभयो ।