भक्तपुरको आदर्शस्थित औषधी पसलमा आगलागी

भक्तपुर, २२ फागुन २०८०

भक्तपुरको आदर्श चोक स्थित एक औषधी पसलमा आज बिहान आगलागी हुदा पसल पुर्ण रुपमा क्षती पुगेको छ । प्रदिप थापाले संचालन गरेको पुष्पराम बाराही मेडिकलमा आगलागी भएको हो ।

बिहान करिब साढे ५ बजे सर्ट सर्किटका कारण आगलागी भएको बताएको छ । आगलागीबाट सो मेडिकलमा रहेका सम्पुर्ण औषधिजन्य सामानहरुका साथै एउटा बाईक र एउटा स्कुटर पनि जलेर नष्ट भएको छ । आगलागीबाट करिब एक करोड भन्दा पनि बढिको नोक्सान भएको अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!