प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा मन्त्रिपरिषद् विस्तारः रवि लामिछानेलाई उपप्रधान तथा गृह मन्त्रालय

काठमाडौँ , फागुन २३, २०८०ः

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।

विस्तारित मन्त्रिपरिषदमा नेकपा एमालेबाट ८, नेकपा माओवादी केन्द्रबाट ५, राष्ट्रिय स्वतन्त्र पार्टीबाट ४ र नेकपा एकिकृत समाजवादीबाट २ जना मन्त्री बन्नुभएको छ । गत सोमबार नयाँ सत्ता समीकरण बनेसँगै प्रधानमन्त्री प्रचण्डले ३ जना विना विभागीय मन्त्री नियुक्त गर्नुभएकोमा प्रधानमन्त्रीले आज मन्त्रिपरिषद् विस्तार गरी मन्त्रीहरूको जिम्मेवारी तोक्नुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले नेकपा एमालेबाट रघुवीर महासेठलाई उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्रालय, पदम गिरीलाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, हरि उप्रेतीलाई, रक्षा मन्त्रालय, भगवती चौधरीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राजेन्द्र राईलाई खानेपानी मन्त्रालय, दामोदर भण्डारीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, ज्वालाकुमारी साहलाई कृषि तथा पशुपक्षी विकास मन्त्रालय, बलराम अधिकारीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी तोक्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।

यसैगरी, नेकपा माओवादीबाट नारायणकाजी श्रेष्ठलाई उपप्रधान तथा परराष्ट्र मन्त्रालय, वर्षमान पुनलाई अर्थ मन्त्रालय, शक्ति बस्नेतलाई ऊर्जा मन्त्रालय, रेखा शर्मालाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, हितबहादुर तामाङलाई पर्यटन मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

त्यस्तै, रास्वपाबाट रवि लामिछानेलाई उपप्रधान तथा गृह मन्त्रालय, डीपी अर्याललाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, विराजभक्त श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रालय र सुमना श्रेष्ठलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

यसैगरी, एकीकृत समाजवादीबाट भानुभक्त जोशीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र धनबहादुर बुढालाई, शहरी विकास मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

pc : radionepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!