काठमाडौं, फागुन २६, २०८०ः
नेपाल औषधि व्यवसायी संघ काठमाडौं जिल्ला शाखाको तेस्रो साधारण सभा तथा दोश्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त अधिबेशनले शंकर महर्जनको अध्यक्षतामा नया कार्यसमिति गठन गरेको छ।
नबनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा रत्न बहादुर कार्की, उपाध्यक्ष (आयात र थोक)मा सञ्जय श्रेष्ठ, उपाध्यक्ष (खुद्रा)मा प्रकाश न्यौपाने, महासचिवमा शुभ मान श्रेष्ठ, सचिवमा सञ्जीव प्रजापती, कोषाध्यक्षमा अमृत ज्ञवाली तथा सहकोषाध्यक्षमा विज्ञ राजभण्डारी निर्वाचित हुनु भएको छ।
त्यसैगरी कार्यसमिति सदस्यमा विनेश रिमाल चिर्वाचित भएका छन् । त्यस्तैगरी कार्यसमितिको सदस्यहरुमा सविन सिग्देल, विष्णु प्रसाद वस्ती, रेणु योञ्जन र ठाकुर तिमिल्सिना चयन भएका छन् ।
उक्त सभामा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकाल, नेपाल फार्मेसी परिषदका अध्यक्ष प्रज्ज्वल जंग पाण्डे, संघका केन्द्रीय अध्यक्ष प्रकाश कुमार खण्डेलवाल, संघका बागमती प्रदेशका अध्यक्ष ध्रुव नारायण श्रेष्ठको बिशेष उपस्थिति रहेको थियो।