पोखरा औपचारिक रुपमा नेपालको पर्यटकीय राजधानी घोषणा

पाेखरा, चैत्र ४, २०८०ः

कास्की जिल्लाको पोखरा शहरलाई पर्यटकीय राजधानीको रुपमा औपचारिक रुपमा घोषणा भएको छ । आइतबार पोखरा महोत्सवको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गर्नुभएको हो ।

उहाँले पोखरा प्राकृतिक,साँस्कृतिक शाहसिक क्षेत्रको अद्वितीय संगम रहेको भन्दै नेपालको पर्यटन राजधानी घोषणा गर्नुभयो ।पोखरा नेपालको पर्यटकीय क्षेत्रको प्रमुख गन्तव्य हो । उक्त गन्तव्य आजदेखि मुलुकै पर्यटनको लागि राजाधानीको रुपमा नेपाल सरकारबाट घोषणा भएको हो ।

कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्राकृतिक,साँस्कृतिक शाहसिक क्षेत्रको दृष्टिले अनुपम विश्वमा शिर्ष पर्यटीय गन्तव्यको रुपमा ख्याती प्राप्त सुन्दर पोखरालाई मुलुकै पर्यटकीय राजधानीको रुपमा औपचारिक रुपमा घोषणा गरिएको बताउनुभयो । उहाँले पोखरा पर्यटन राजधानी घोषणाले समग्र गण्डकी प्रदेश र मुलुककै श्रीवृद्धिमा नयाँ आयाम थपिने विश्वास लिएको बताउनुभयो ।

उहाँले विश्वका विभिन्न मुलुकमा शहरका आ–आफ्नै विशेषता र पहिचानको आधारमा राजधानी घोषणा गर्ने तथ्यलाई समेत विचार गरी पोखरालाई पर्यटन राजधानी घोषणा गरिएको बताउनुभयो । उहाँले विज्ञसहित अध्ययन समितिले अध्ययन गरी विभिन्न सूचकहरुको आधारमा पर्यटन राजधानी घोषणा गर्न सिफारिस गरेको स्मरण गर्नुभयो । उहाँले पर्यटकीय राजधानी घोषणा भएसँगै गण्डकी प्रदेश सरकार, स्थानीय तहको नीतिहरु पर्यटन क्षेत्रको विकासमा हुने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!