ललितपुर, चैत्र ५, २०८०ः
पशु सेवा बिभागका महानिर्देशक डा उमेश दाहालले बिभागले एन्टिबायोटिक बिरुद्द शुन्य सहनशिलताको नीति लिएको बताउनु भयो।
रास्ट्रिय पशु आहारा तथा लाईभस्टक गुण ब्यबस्थापन प्रयोगशालाले आज ललितपुरमा आयोजना गरेको गुणस्तरिय दाना तथा फिड सप्लिमेन्ट सम्बन्धि सरोकारवालाहरु संगको अन्तर्क्रिया कार्यक्रमलाई संबोधन गर्नुहुदै महानिर्देशक दाहालले हाल बजारमा एन्टिबायोटिकको बिभिन्न बिकल्पहरु उपलब्ध भएको हुदा ्सचेत भएर एन्टिबायोटिकको प्रयोगमा गर्न ब्यबसायीहरुलाई आग्रह गर्नु भयो। हाल बिश्वमै एन्टी माईक्रोबिएल रेजिस्टाएन्सको असर गम्भिर रुपमा देखिएकोले सचेत भएर यसको प्रयोग गर्नु पर्ने अन्यथा यसले बिकराल समस्या निम्त्याउने महानिर्देशक डा दाहालले औल्याउनु भयो।
महानिर्देशक डा दाहालले रास्ट्रिय पशु आहारा तथा लाईभस्टक गुण ब्यबस्थापन प्रयोगशालाले प्रदान गरिरहेको बिभिन्न सेवाहरुलाई थप बिस्तार र प्रभाबकारी बनाउदै लाने तथा प्रयोगशालालाई वन स्टप सलुशनको रुपमा बिकास गर्ने कुरामा जोड दिनु भयो।


कार्यक्रमलाई संबोधन गर्नु हुदै महानिर्देशक डा दाहालले संबन्धित ब्यबसायीहरुलाई ब्यबसायिक घर्मको पालाना गर्न अनुरोध गर्दै गलत कार्य गर्ने कसैलाई पनि छुट नहुने बताउनु भयो। साथै उहाले ब्याबसायीका समस्याहरु समाधान गर्नको लागि बिभागले सदैब साथ दिने कुरामा जोड दिनु भयो। उहाले ब्यबसायीहरुलाई गुणस्तरिय बस्तुहरुको मात्र उत्पादन, आयात तथा बिक्रीबितरण गर्ने निर्देशन दिनु भयो।
रास्ट्रिय पशु आहारा तथा लाईभस्टक गुण ब्यबस्थापन प्रयोगशालाका कार्यालय प्रमुख डा नबिन घिमिरेले प्रयोगशालाले प्रदान गरिरहेका सेवा सुबिधा लगायतका बिषयहरुको बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो।

अन्तर्क्रिया कार्यक्रममा सरोकारवाला निकायका तर्फबाट नेपाल दाना उद्योग संघका अध्यक्ष रबिन पुरी, कोषाध्यक्ष उमेश सापकोटा, नेपाल पशुपंक्षी औषधि ब्यबसायी संघका अध्यक्ष रितेश रिमाल, उपाध्यक्ष सुना सुबेदी बडाल, सदस्य रत्न बडाल, नेपाल पशुपंक्षी औषधि आयातकर्ता संघका अध्यक्ष रेवती रमन निरौला, महासचिब नरेश कर्माचार्य, नेपाल पशुपंक्षी औषधि ब्यबसायी संघका पुर्ब अध्यक्ष कम्पोज बडाल, बरिष्ठ ब्यबसायी डा दिनेश गौतम, ब्यबसायी कृष्ण लम्साल, कृष्ण अधिकारी लगायतले ब्यबसायीले भोग्नु परेका समस्या तथा त्यसको समाघानका उपायहरुको बारेमा आ आफ्ना धारणाहरु प्रस्तुत गरेका थिए।
