सेवा प्रवाहमा तत्काल सुधार गर्न गृहमन्त्री लामिछानेको निर्देशन

काठमाडौँ, चैत्र ७, २०८०ः

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नागरिकमा व्यावहारिक अनुभूति गराउने गरी कानुनले प्रत्यायोजन गरेको अधिकारअनुसार काम गर्न गृह मन्त्रालयका कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

सरुवा भई विभिन्न जिल्ला तथा निकायमा जान लागेका गृहका कर्मचारीहरूलाई आज मन्त्रालयमा गृहमन्त्री लामिछानेले आफ्नो जिम्मेवारीको क्षेत्रमा गलत तत्त्वको सञ्जाल तोड्न पनि आग्रह गर्नुभयो ।

सेवा प्रवाहमा तत्काल सुधार गरी गुण्डागर्दी, तस्करी, राजस्व चुहावट र प्राकृतिक स्रोतको दोहन नियन्त्रण, सामाजिक सद्भाव अभिवृद्धि, विपद् व्यवस्थापन, सवारी दुर्घटना न्यूनीकरणलगायत क्षेत्रमा तत्कालै सुधारका योजना बनाएर लागू गर्न पनि उहाँले आग्रह गर्नुभयो ।

राजनीतिक नेतृत्वको गलत दबाब र प्रभावमा नपरी नागरिकले सुखद् अनुभूति गर्ने गरी ढुक्क भएर काम गर्न अनुरोध गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!