“राइट टु प्रोटिन रन”को सम्पुर्ण तयारी पुराः प्रधानमन्त्री प्रचण्डद्वारा उद्घाटन हुने

काठमाडौं, चैत्र ९, २०८०ः

नेपाल भेटेरिनरी एसोसिएसनको आयोजनामा भोलि शनिबार हुन लागेको ‘राइट टू प्रोटिन रन’ प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ। मानब स्वास्थ्यमा प्रोटिनको महत्वलाई आत्मसाथ गर्दै जनचेतना फैलाऊने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले गर्ने भएको छ। काठमाडौंको दशरथ रंगशालामा हुने उक्त दौड प्रतियोगितामा झण्डै ७ हजार ७ सय ८७ जनाले सहभागिता जनाउने भएका छन् ।

यसपालिको तेश्रो संस्करणमा खुला हाफ म्याराथनसहित पुरुष १० किमि, महिला ५ किमि, १२ कक्षासम्मका विद्यार्थीलाई ५ किमि (छात्र) र ३ किमि (छात्रा), फरक क्षमताका व्यक्तिका लागि ह्विलचेयर दौड र बालबालिकाका लागि रन फर फन विधाका दौड समावेश गरिएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक एवं नेपाल भेटेरिनरी एसोसिएसनका पूर्वअध्यक्ष डा शितलकाजी श्रेष्ठले जानकारी ्दिनु भयो।

संयोजक श्रेष्ठका अनुसार पुरुषतर्फको हाफ म्याराथनमा १ हजार २ सय ६६ जना, हाफ म्याराथन महिलातर्फ १ सय ८२ जना, १० किमि पुरुषतर्फ ३ हजार ८१ जना, ५ किमि महिला तर्फ १ हजार १ सय ६६ जना, १२ कक्षासम्मका छात्रतर्फ ५ किमि प्रतियोगितामा ७ सय ९२ जना र १२ कक्षासम्मका छात्रा तर्फ ३ किमि दौडमा ४ सय ७२ जना सहभागी हुनेछन् । प्रतियोगिताको ह्विलचियर दौड अन्तर्गत पुरुषतर्फको दौडमा ४० जना र महिलातर्फ २० जनाले सहभागिता जनाउने छन।

प्रतियोगिताको कुल पुरस्कार राशि १४ लाख ८३ हजार ३ सय ३३ रुपैयाँ (कर सहित ) रहेको छ । प्रतियोगिता अन्तर्गत हाफ म्याराथनको उपाधि जित्ने महिला तथा पुरुष खेलाडीले समान रु एक लाख प्राप्त गर्नेछन् । त्यसैगरी दोस्रो, तेस्रो चौथो र पाँचौं हुने महिला तथा पुरुष खेलाडीले क्रमशः रु ७५ हजार, रु ५० हजार, रु ४० हजार र रु ३० हजार पुरस्कार पाउनेछन् । पुरुष १० किमी दौडमा प्रथम स्थान हासिल गर्ने खेलाडीले रु ५० हजार पाउनेछन् भने दोस्रो हुने खेलाडीले रु ४० हजार पाउनेछ । तेस्रो, चौथो र पाँचौँ हुने खेलाडीले क्रमशः रु ३० हजार, रु २० हजार र रु १० हजार पाउने छ।

पाँच किमी खुला र पाँच किमी विद्यार्थीअन्तर्गत पुरुषतर्फको दौडमा पहिलो स्थान हात पार्ने खेलाडीले रु ३० हजार, दोस्रो हुनेले रु २० हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार र पाँचौंले रु ५ हजार पुरस्कार पाउनेछन् । ३ किमी दौडको महिलातर्फ प्रथम हुने खेलाडीले रु २० हजार पाउनेछन् भने दोस्रोले रु १५ हजार पाउनेछन् । साथै तेस्रोले १० हजार, चौथोले रु ५ हजार र पाँचौँ हुने खेलाडीले २ हजार ५ सय पाउनेछन् । ह्विलचेयरतर्फ प्रथम, दोस्रो, तेस्रो, चौथो र पाँचौं हुने महिला तथा पुरुष खेलाडीले क्रमशः रु ३० हजार, रु २० हजार, रु १५ हजार, रु १० हजार र रु पाँच हजार पुरस्कार पाउनेछन् ।

युनाइटेड स्टेट सोयाबिन एक्पोर्ट काउन्सिल तथा युऍस सोयाले प्रायोजन गरेको प्रतियोगितालाई नेपाल दाना उद्योग सङ्घ र पशु सेवा विभागले सहयोग गरेको छ।

विश्व भेटेरिनरी एसोसिएसनका अध्यक्ष डा. राफेल लागुनेको समेत उपस्थिति रहने उक्त प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषदले संरक्षकत्व र नेपाल एथलेटिक्स संघले मान्यता दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!