काठमाडौं, चैत्र १०, २०८०ः
तेस्रो संस्करणको राइट टु प्रोटिन रन सफलता पुर्बक सम्पन्न भएको छ।
प्रतियोगिताको हाफ म्याराथनको उपाधि पुरुष तर्फ त्रिभुवन आर्मी क्लबका दिपक अधिकारी र महिला तर्फ बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले जितेका छन। आज सम्पन्न भएको हाफ म्याराथनमा दिपक अधिकारीले निर्धारित दुरी १ घण्टा ७ मिनेट ३३ सेकेन्डमा पूरा गरे भने सन्तोषी श्रेष्ठले १ घण्टा २० मिनेट १९ सेकेन्डमा पूरा गरेकी थिए।
हाफ म्याराथनको पुरुष तर्फ नेपाल एपीएफ क्लबका गोपिचन्द्र पार्की दोश्रो, तीर्थ पुन तेस्रो, आर्मीका नरेन्द्र रावल चौथो तथा खडक बहादुर खड्का पाँचौं बने। हाफ म्याराथनको महिलातर्फ नेपाल पुलिसकी राममाया बुढा दोश्रो, एपीएफकी पुष्पा भण्डारी तेश्रो, आर्मीकी पूर्णलक्ष्मी न्यौपाने चौथौ तथा एपीएफकी फुलमती राना पाँचौं बनिन् । हाफ म्याराथनमा महिला र पुरुष तर्फ दुवै विजेताले १ लाख, दोस्रोले ७५ हजार, तेस्रोले ५० हजार, चौथोले ४० हजार र पाँचौंले ३० हजार नगर पुरस्कार प्राप्त गरे ।
प्रतियोगिताको १० किलोमिटर पुरुषतर्फ खुल्ला प्रतिस्पर्धातमा आर्मीका खेलाडीले प्रथमदेखि पाँचौं सबै उपाधि जित्यो । मुकेश पाल प्रथम, सञ्जय श्रेष्ठ दोस्रो, गजेन्द्र राई तेस्रो, सुवाष कार्की चौथो र श्रीकाश राई पाँचौं बने ।

पाँच किलोमिटर खुल्ला महिलातर्फ आर्मीकी सृजना पाण्डे प्रथम, राजपुरा दोस्रो, निर्मला केसी तेस्रो, आशा रावत चौथो र सुमित्रा कुमारी चौधरी पाँचौं बनिन् ।
स्कुलतर्फ ५ किलोमिटरमा विश्वराम कुँवर प्रथम, बादल कार्की दोस्रो, विकेश घिमिरे तेस्रो, कृष्ण परियार चौथो र आशिष कुमार क्षेत्रीले पाँचौं स्थान प्राप्त गरे।

ह्विलचियर ३ किलोमिटर पुरुषतर्फ राम काजी मिजार प्रथम, रमेश खत्री दोस्रो, प्रेम विक तेस्रो, दीपक आले मगर चौथो र विष्णु पुकार श्रेष्ठ पाँचौं स्थानमा रहे ।
ह्विलचियरत महिलातर्फ ऐश्वर्य कुमारी कुमाल प्रथम, यामी झाक्री मगर दोस्रो, रजनी राई तेस्रो, पेमा गुरुङ चौथो र वविता थापा पाँचौं स्थानमा रहिन् ।
बिजेता खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि क़ृषि तथा पशुपंक्षी बिकास मन्त्री ज्वाला कुमारी शाहले पुरस्कार बितरण गरेका थिए।
