आठौ भक्तपुर औद्योगिक सास्कृतिक पर्यटन तथा ब्यापार महोत्सव आयोजना हुने

भक्तपुर , चैत्र ९, २०८०ः

भक्तपुरमा आठौँ भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव आयोजना हुने भएको छ । आज एक पत्रकार सम्मेलनको आयोजना गर्दै यही चैत्र २२ देखि वैशाख २ गतेसम्म महोत्सव आयोजना हुने जानकारी मेला आयोजक समितिका संयोजक दिपक थापाले दिनु भयो।

औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्डले आयोजना अर्न लागेको सो महोत्सव भक्तपुर जिल्लाको सल्लाघारी स्थित तीनकुने चौरमा ११ दिनसम्म चल्नेछ । महोत्सवमा २०० भन्दा बढी स्टल रहनुका साथै ५ लाख भन्दा बढीको दर्शकहरुले अबलोकन गर्ने अनुमान गरिएको छ । महोत्सवमा करिब १२ करोड रुपैयाँको कारोबार हुने प्रक्षेपण गरिएको आयोजक संस्थाका अध्यक्ष सन्दिप महतले बताउनुभयो ।

मेलामा दैनिक जीवनका उपभोग्य सामाग्रीहरु, लत्ताकपडा, जुत्ता, हस्तकलाका सामाग्रीहरुका साथै कृषि औजार, सूचना तथा प्रविधि आदिको प्रदर्शनी समेत रहने छ । मेलामा सर्वसाधारणका लागि प्रवेश शुल्क ७० रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ । ज्येष्ठ नागरिकलाई भने निःशुल्क प्रवेश दिइने छ।

वैशाख २ गते औद्योगिक मेला सकिएपछि ३ गते भने मनोरञ्जनका लागि ख्यातिप्राप्त कलाकारहरूको उपस्थितिमा विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरिने मध्यपुर ब्वाइज बैण्डका अध्यक्ष एवं मेलाका निर्देशक सुनिल बज्राचार्यले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!