उपनिर्वाचन : इलाम क्षेत्र नं. २ मा २० जनाको उम्मेदवारी दर्ता

इलाम ,चैत्र २४, २०८०ः

आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम क्षेत्र नं. २ मा २० जनाको उम्मेदवारी दर्ता भएको छ ।

इलाम क्षेत्र नम्बर २ मा आज साँझ ५ बजेसम्म राजनीतिक दलबाट १२ जना र ८ जना स्वतन्त्र गरी २० जनाको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

इलाम-२ मा नेकपा एमालेको तर्फबाट सुहाङ नेम्वाङ, नेपाली काँग्रेसका जिल्ला सभापति डम्बर बहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बु, नेकपा एकिकृत समाजवादी पार्टीबाट जितबहादुर राई, जनमत पार्टीबाट प्रेमदिप लिम्बु, नेपाल मजदुर किसान पार्टीबाट श्यामबहादुर दर्जी, मंगोल नेशनल अर्गनाइजेशनबाट मणि बहादुर लिम्बु, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मी गुरुङले मनोनयन दर्ता गराउनु भएको मुख्य निर्वाचन अधिकृत केशव प्रसाद घिमिरेले जानकारी दिनुभयो ।

त्यस्तै गरी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका गणेश बहादुर चौहान, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयवन्त विक्रम शाह, नेशनल रिपब्लिक नेपालका धर्मराज राना मगर, नेपाली जनता दलका रेशम बहादुर सुनुवारले मनोनयन दर्ता गराउनुभएको छ।

स्वतन्त्रतर्फबाट डकेन्द्र सिंह थेगिम, डाकप्रसाद गौतम, अर्जुन विक्रम शाही, मनोज निरौला, केशव कुमार चापागाईँ, दिपक बोहोरा, योगेन्द्र गुरुङ र राज बस्यालले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

इलाम क्षेत्र नं. २ बाट निर्वाचित एमाले सांसद सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि यहाँ आगामी वैशाख १५ गते उपनिर्वाचन हुन लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!