मध्यपुर थिमि, चैत्र २४, २०८०ः
मध्यपुर संचार समाजको १२ औ साधारण सभा तथा पाँचौँ अधिवेशन सम्पन्न भएको छ। मध्यपुर थिमिका जिबित सांस्कृतिक धरोहर संस्कृतिबिद नृत्य एवं वाद्य गुरु श्री श्रीगोपाल प्रजापतिको प्रमुख आतिथ्यतामा समाजका अध्यक्ष बाबुकाजि श्रेष्ठको सभापतित्वमा सभा सम्पन्न भएको थियो।
मध्यपुर थिमि क्षेत्रमा क्रियाशिल पत्रकारहरुको छाता संस्थाको रुपमा रहेको समाजको अधिबेशनले चन्द्रकृष्ण श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । नब निर्वाचित समितिको उपाध्यक्षमा सागर गुरागाईँ, सचिवमा सुमन श्रेष्ठ, सहसचिवमा पृथ्वीराम श्रेष्ठ र कोषाध्यक्षमा सरिना श्रेष्ठ निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरूमा विशेश्वर श्रेष्ठ, सुरेश श्रेष्ठ, रत्नकाजी प्रजापति, विज्ञानभक्त श्रेष्ठ र रेणु श्रेष्ठ चुनिएको समाजले जनाएको छ ।