मध्यपुर थिमिका बरिष्ठ फोटोपत्रकार रत्नकृष्ण श्रेष्ठ ‘थेम्मृङ पत्रकारिता पुरस्कार’ बाट सम्मानित

मध्यपुर थिमि, चैत्र २४, २०८०ः

मध्यपुर थिमिका बरिष्ठ फोटोपत्रकार रत्नकृष्ण श्रेष्ठ ‘थेम्मृङ पत्रकारिता पुरस्कार’ बाट सम्मानित हुनु भएको छ।

मध्यपुर थिमि क्षेत्रमा कार्यरत पत्रकारहरुको साझा संस्था मध्यपुर सञ्चार समाजको पाचौ अधिबेशन तथा १२ औ साधारणसभाको अबसरमा श्रेष्ठलाई सम्मान गरिएको हो। मध्यपुरथिमिको कला, संस्कृतिलाई पत्रकारिताको माध्यमबाट विश्वमाझ चिनाउन महत्वपुर्ण भूमिका खेलेको भन्दै बरिष्ठ फोटोपत्रकार रत्नकृष्ण श्रेष्ठलाई ्समाजले ‘थेम्मृङ पत्रकारिता पुरस्कार’बाट सम्मानित गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि मध्यपुर थिमिका सांस्कृतिक धरोहर संस्कृतिबिद नृत्य एवं वाद्य गुरु श्री श्रीगोपाल प्रजापतिले पत्रकार श्रेष्ठलाई दोसल्ला ओढाएर नगद सहित सम्मानपत्र प्रदान गरेका थिए ।

फोटो पत्रकारको रुपमा मध्यपुर थिमि लगायत स्वदेश तथा बिदेशमा समेत चर्चित श्रेष्ठले स्वदेश तथा बिदेशका बिभिन्न स्थानहरुमा एकल तथा संयुक्त फोटो प्रदर्शनीहरु सफलतापुर्बक सम्पन्न गरि सकेका छन।

कार्यक्रममा पुरस्कृत पत्रकार श्रेष्ठले आफुले प्राप्त गरेको नगद पुरस्कारमा केहि रकम थप गरि समाजको अक्षयकोषका लागि हस्तान्तरण गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!