काठमाडाैं, चैत्र २५, २०८०ः
हरेक वर्ष अप्रिल ७ मा मनाउने विश्व स्वास्थ्य दिवस आज विभिन्न सचेतनामुलक कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
आज नेपालमा पनि विभिन्न जनचेतनामुलक कार्यक्रमको आयोजना गरी विश्व स्वास्थ्य दिवस मनाइएको हो । सो अवसरमा काठमाडौंस्थित राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रको कार्यालयमा स्वास्थ्यको बारेमा अन्तरक्रियात्मक कार्यक्रम समेत गरिएको थियो । विश्व स्वास्थ्य संगठनको स्थापना भएको दिनलाई विश्व स्वपास्थ्य दिवसको रुपमा मनाउने गरिन्छ ।
आजकै दिन विश्व स्वास्थ्य संगठनको स्थापना भएको थियो । यस वर्ष ‘मेरो स्वास्थ्य मेरो अधिकार’ भन्ने नाराका साथ विश्व स्वास्थ्य दिवस मनाइएको हो । कार्यक्रममा स्वास्थ्यको बारेमा आवश्यक नीति, बनाइएका नीतिहरुमा परिमार्जन गर्नुपर्ने बारेमा पनि छलफल भएको थियो । नीतिगत कुराका साथै स्वास्थ्यमा जिम्मेवारी र अधिकारका कुरा छलफलको विषय बनेको थियो । अप्रिल ७ मा विश्वभर विश्व स्वास्थ्य दिवस मनाउने गरिन्छ ।