कतारका राजा भोलि नेपाल आउँदैः सरकारद्वारा सार्बजनिक बिदा दिने निर्णय

काठमाडौँ, वैशाख १०, २०८१ः

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर (राजा) सेख तमिम बिन हमाद अल थानी मङ्गलबार नेपाल आउनुहुने भएको छ । उहाँ दुई दिनको राजकीय भ्रमणमा नेपाल आउन लाग्नुभएको हो । परराष्ट्र मन्त्रालयका अनुसार कतारी अमिर नेपालमा रहनुहुँदा राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतलनिवासमा द्विपक्षीय भेटवार्ता गर्नुहुने कार्यसूची तय भएको छ । सोही अवसरमा राष्ट्रपति पौडेलले कतारका अमिरको सम्मानमा राजकीय भोजको आयोजना गर्नुहुने भएको छ ।

अमिर सेख तमिमले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग द्विपक्षीय भेटवार्ता गर्नुहुने कार्यसूची रहेको छ । वार्तापछि दुवै नेताले द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा संयुक्त रूपमा सहभागी हुनुहुने मन्त्रालयले जनाएको छ । उहाँ बुधबार राति नै नेपालबाट स्वदेश फर्कनु हुने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!