मट्टीतेल र डिजलको मूल्य लिटरमा दुई रुपियाँ घट्यो

काठमाडौं, वैशाख १८, २०८१ः

भोलि बुधबार बिहान १ बजेदेखि लागू हुनेगरी नेपाल आयल निगमले डिजेल र मट्टीतेलको भाउ लिटरमा दुई रुपियाँको दरले घटाएको हो ।

भारतीय आयल कर्पोरेसन (आइओसी) ले मूल्यसूची घटाएर पठाएपछि निगमले नयाँ मूल्य कायम गरेको छ । निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर २ रूपियाँ र डिजेलमा २ रूपियाँ ४५ पैसा घटाएर नयाँ मूल्य सूची पठाएको छ। निगमले पेट्रोल र खाना पकाउने ग्यासको भाउमा भने यथावत राखेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!