आगलागीबाट १६ घरगोठ जलेर नष्ट

तानसेन, बैशाख १९, २०८१ः

पाल्पामा आगलागीबाट १६ घरगोठ जलेर पूर्ण रुपमा नष्ट भएको छ । जिल्लाको पूर्वखोला गाउँपालिका –६, हेक्लाङ्स्थित खुमडाँडा, बाँसडाँडा र रेडीमा १६ घर जलेर नष्ट भएको हो ।

वडा अध्यक्ष धनबहादुर घर्तीका अनुसार खुमडाँडाका पाँच, बाँसडाँडाका छ र रेडीका पाँच घर जलेर नष्ट भएका छन् । बुधबार दिउँशो वनमा लागेको आगो बढेर बेलुकी गाउँमा पस्दा घरहरू जलेको वडाअध्यक्ष घर्तीले बताउनुभयो । स्थानीय बासिन्दा, प्रहरी, सेनाको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ ।

तर आगो अझैँ नियन्त्रणमा आउन सकेको छैन । आगोलागीबाट घरमा भएका अन्नपात, भाँडाकुँडा, लत्ताकपडा, बहुमुल्य गरगहना, पैसा जलेको पीडित परिवारले जनाएका छन् । आगो निभाउने प्रयास भए पनि हावाहुरीका कारण नियन्त्रणमा लिन समस्या भएको स्थानीयले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!