कृषिमा आधुनिकीकरणका लागि आधुनिक प्रविधि र उपकरणको प्रयोग आवश्यकः मेयर दाहाल

चितवन, असार २५, २०८१ः

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले कृषिमा आधुनिकीकरणका लागि आधुनिक प्रविधि र उपकरणको प्रयोग आवश्यक रहेको बताएका छन।

मंगलबार भरतपुर महानगरपालिकाका कृषि समूह, फर्म तथा सहकारी संस्था मार्फत किसानहरुलाई ६६ थान कृषि उपकरण अनुदानमा बितरण गर्दै मेयर दा्हालले यन्त्र उपकरणको उच्चतम प्रयोग गरी उत्पादकत्व वृद्धि गर्दै भरतपुरलाई कृषिमा आत्मनिर्भर बनाउने गरी नीति तथा कार्यक्रमहरू अघि बढाइएको बताइन्।

महानगरपालिकाले ५० प्रतिशत अनुदानमा करिब २ करोड रुपैयाँका उपकरणहरू वितरण गरिएको थियो।

महानगरले ५० प्रतिशत अनुदानमा ट्रयाक्टर ४ थान, हाते ट्रयाक्टर ६ थान, धान तथा गहुँ काट्ने रिपर १२ थान, थ्रेसर ३ थान, रोटाभेटर २ थान, मकै छोडाउने कर्न सेलर १७ थान, तेरी मिल ३ थान हस्तान्तरण गरेको हो। साथै मकै रोप्ने मेज प्लान्टर ३ थान, घाँस टुक्राउने च्याफ कटर १२ थान, राइस मिल १ थान, मिल्क एनालाइजर ६ थान, चिलिङ भ्याट २ थान, माछाको दान बनाउने मिशेन १ थान, बलेरो पिकअप २ थान र ३ पाङ्ग्रे अटो २ थान हस्तान्तरण गरिएको थियो।

PC: Renu Dahal Page

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!