काठमाडौँ, २९ मंसिर २०८२ः
नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत हुने निर्वाचनको मतदान समय परिवर्तन गरिएको छ। संशोधित कार्यतालिकाअनुसार पुस १ गते मङ्गलबार मध्यान्ह १२ बजेदेखि साँझ ६ बजेसम्म मतदान हुनेछ।
महाधिवेशनका केन्द्रीय सचिव डा. कुन्साङ लामाका अनुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशन समय पनि परिमार्जन गरी सोमबार राति ८:३० बजे तोकिएको छ। मतगणना पश्चात् भोलि नै निर्वाचन परिणाम सार्वजनिक गरिने र त्यसपछि प्रमाण–पत्र वितरण तथा शपथ ग्रहणको कार्यक्रम रहनेछ।
एमाले अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता ईश्वर पोखरेल उम्मेदवार रहनुभएको छ।