भक्तपुर, ३०, बैशाख २०८०ः
मौलिक पहिचान, सँस्कृति र परम्पराको धनी शहरको रुपमा परिचित भक्तपुर शहरलाई स्वच्छ ,सफा,हरभार र सुन्दर बनाउने उदेश्यले प्रेरित भई संचालित स्वंयमसेबी अभियान राष्ट्रका लागि दुई घण्टाको १० औ हप्ताको कार्यक्रम सम्पन्न भएको छ ।
अभियान अन्तर्गत अरनिको राजमार्ग सफाई अभियानको आज १० औ हप्ताको सफाई कार्यक्रम अरनिको राजमार्गको सल्लाघारी चोक देखि भक्तपुरको चुनदेबी चोकसम्मको सडक खण्डको दायाँ बायाँ सफाई गरिएको अभियानका उपाध्यक्ष एबम् अरनिको राजमार्ग सफाई कार्यक्रमका संयोजक नरेश रन्जीतले बताए ।
दुई घण्टा समय देशका लागि समर्पण गर्दै आएका भक्तपुरका सामाजिक अभियन्ताहरुको सक्रिय सहभागितामा संचालित सफाई अभियानको आजको कार्यक्रममा मध्यपुर ठिमी नगरपालिकाका पुर्व उप-प्रमुख एबम् अभियानका सल्लाहकार अन्जना देवी मधिकर्मी, सुर्यबिनायक नगरपालिका पुर्व उप-प्रमुख एबम् अभियानका सल्लाहकार जुना बस्नेत अभियान कार्यवाहक अध्यक्ष जयराज पौडेल , जिवन विज्ञान जिल्ला परिषद अध्यक्ष मोहन थापा ,सुर्यबिनायक नगर प्रहरी लगायतको बिशेष उपस्थितीमा रहेको थियो । कार्यक्रम उक्त क्षेत्रको सफाईसँगै आसपास ब्यबसाय गरेर बस्ने ब्यबसायीहरुलाइै फोहोरको उचित ब्यबस्थापनका लागि अनुरोध समेत गरिएको थियो ।
करिब १५० सामाजिक अभियन्ताहरुको उत्साहजनक सहभागितामा सम्पन्न आजको सफाई कार्यक्रममा अग्रगामी नेपाल तथा डिभाइन युथ क्लबका अभियन्ताहरुको सक्रिय सहभागितामा रहेको थियो ।
त्यस्तै कार्यक्रममा नेपाल फुलबारी, नेप्सेम्याक, दिव्यश्वरी सहयोगी हात, नेपाल स्वच्छ वातावरण सृजना केन्द्र नेपाल, सामुदायिक प्रहरी गठ्ठाघर, ट्राफ़िक प्रहरी ,पातन्जल योग समिती,वेभ ग्रुप, ह्यापी ग्रुप, दक्षिणकाली सहकारी ,आस्था महिला विधालय ,सचेत मार्ग टोल सुधार समिति, नवदुर्गा महिला समुह , स्वच्छ बातावरण सन्जाल , क्याप नेपाल , मानवीय आस्था नेपाल, स्वनिगःसाकोस, शुभश्री बचत, सिद्धार्थ बचत ,साथै विभिन्न संघ सस्थाको समेत सहभागिता रहेको थियो ।
हरेक शनिबार हुने अभियानको आगामि हप्ताको कार्यक्रम जेष्ठ ६ गते बिहान ७ः०० बजे भक्तपुरको चुनदेबि आकाशे पुलबाट सुरु हुने बताइएको छ ।
