तालिममा प्राप्त ज्ञान र सिपलाई निरन्तर ब्यबहारमा लागु गर्ने बिश्वास ःनगर प्रमुख कृष्ण प्रसाद सापकोटा
क्रियाशिल पत्रकारको गुणस्तर अभिबृद्दि गर्न संचार रजिस्ट्रार सदैब तयार : रजिस्ट्रार रेवति सापकोटा
चौतारा, सिन्धुपाल्चोक, बैशाख ३१, २०८०ः
रत्न काजि प्रजापति
बागमती प्रदेश सञ्चार रजिष्ट्रारकाे कार्यालयकाे आयाेजनामा चौतारामा शुरु भएको माेबाइल पत्रकारिता तालिम आज सम्पन्न भएको छ।
समापन समारोहलाई सम्बोधन गर्नु हुदै प्रमुख अतिथि चौतारा सांगाचोकगढि नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटाले सहभागि पत्रकारहरुले आफुले तालिममा प्राप्त गरेका ज्ञान र सिपलाई निरन्तर ब्यबहारमा लागु गर्नु पर्ने कुरामा जोड दिनु हुदै तालिमको आयोजना चौतारामा गर्नुभएकोमा आयोजकलाई धन्यबाद ब्यक्त गर्नुभयो।
बागमति प्रदेश संचार रजिष्ट्रारको कार्यलयका प्रमुख रेवति प्रसाद सापकोटाले बागमति प्रदेशमा कार्यरत क्रियाशिल पत्रकारहरुको क्षमता अभिबृद्दि गर्दै पत्रकारिताको सिप गुणस्तरिय होस भन्ने हेतुले तालिमको आयोजना गरेको जानकारी दिनु हुदै पत्रकारहरुमा रहेको मल्तिमिडियाको भोक मेटाउन आफु सदैब तत्पर रहेको बताउनु भयो।मोफसलमा कार्यरत पत्रकारहरुलाई हरेक बिटमा कार्य गर्न सहज होस भन्ने हेतुले करिब बिसबटा बित पत्रकारिताका बिषय समेटिएको पुस्तक छिट्टै उपलब्ध गराउने बताउनु भयो।
बागमति प्रदेशमा मात्र रहेको प्रदेश संचार रजिष्ट्रारको कार्यलयले गरेका कार्यहरुबाट अरु प्रदेशलाई पनि यस्तो कार्यलय स्थापना गर्न दबाब परेको बताऊनु हुदै बागमति प्रदेशमा मात्रै ५०% क्रियाशिल पत्रकारहरु र ७०% संचार माध्यमहरु कार्यरत रहेको सापकोटाले बताउनु भयो।

कार्यक्रमलाई नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका सभापति जिवन श्रेष्ठ, सहभागि रत्न काजि प्रजापति र मनोज न्यौपाने लागायतले सम्बोधन गरेको थिए।
नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकको समन्वयमा संचालित उक्त तालिममा भक्तपुर, काभ्रेपलान्चोक, ललितपुर, मकवानपुर, सिन्धुपाल्चोक, दाेलखा र काठमाडौंबाट गरि २६ जना पत्रकारहरुको सहभागिता रहेको छ ।
उक्त तालिमलाई प्रशिक्षक बिकास कार्की नसना बज्राचार्यले प्रशिक्षण दिनु भएको थियो।