मध्यपुर थिमिमा विश्व बाताबरण दिबसको उपलक्ष्यमा बृक्षरोपण

यस बर्षको नारा “प्लाष्टिक प्रदुषण विरुद्ध लागौँ “

मध्यपुर थिमि, जेठ २२, २०८०:
रत्न काजि प्रजापती

विश्व वातावरण दिवसको उपल्क्ष्यमा मध्यपुर थिमिमा बृक्षरोपण कार्यक्रमको आयोजना गरियो । मध्यपुर थिमि नगरपालिकाको आयोजनामा तथा नेप्सेम्याक, नेपाल स्वच्छ वातावरण र नेपाल फुलबारीको सहकार्यमा अरनिको राजमार्गमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो। राजमार्ग अन्तर्गत स्थानिय एस एस चोक देखि राधे राधे चोक सम्म र कौशलटार चोक देखि गठ्ठाघर सम्मको राजमार्गको दायाँबायाँ बृक्षरोपण गरिएको हो।


उक्त बृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै नगर प्रमुख सुरेन्द्र श्रेष्ठले नगरपालिका नगरको बाताबरण संरक्षणमा सचेत रहेको बताउदै फोहोरमैला ब्यबस्थापन तथा बाताबरण प्रदुषण न्युनिकरणको लागि बजेट बिनियोजन गरिने जानकारी दिनु भयो।

नगर उपप्रमुख बिजय श्रेष्ठले फोहोर विस्थापन नै समस्याको समाधान नभई दिर्घकालिन व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । आफुहरु स्वयमले नै नगर र बाताबरण स्वच्छ, सफा र हराभरा बनाउनुपर्नेमा श्रेष्ठले जोड दिए ।

विश्व वातावरण दिवस हरेक अङ्ग्रेजी बर्षको जुन ५ तारिखमा विश्वव्यापी रुपमा मनाउने गरिन्छ । वातावरणमा देखिएको विविध समस्याहरु विश्वभरीबाट न्यूनिकरण गर्न पहल गर्ने उद्धेश्यले यो दिवस मनाउन थालिएको हो ।

यस बर्षको विश्व वातावरण दिवसको नारा ‘प्लाष्टिक प्रदुषण विरुद्ध लागौँ रहेको छ । वर्तमान विश्वको मुख्य समस्याका रुपमा रहेका वातावरणिय प्रदुषणहरु वायु प्रदुषण, फोहोर मैला प्रदुषण, लगायतका समस्याहरुलाई निर्मुल पारी विश्व वातावरणलाई स्वच्छ कायम गर्न यो दिवसको पहल महत्त्वपूर्ण रहेको छ ।

विद्यमान वातावरणिय समस्याहरुलाई न्यूनिकरण गरी पृथ्विको पारिस्थितिक पद्धतीलाई संरक्षण गरी सबै जिवजन्तु वा मानव बस्न लायकको पृथ्वी बनाउनु पर्छ भन्ने हेतुले सन १९७२ जुन ५ देखी १६ सम्म बसेको सयुक्त राष्ट्रसंघिय वातावरण कार्यक्रमको बैठकले यो दिवस मनाउने निर्णय गरेको थियो ।त्यसै अनुरुप सन १९७३ जुन ५ का दिन “वातावरण बचाउ र भएको एउटै जिवयुक्त पृथ्वी बचाउ” भन्ने मुल नाराका साथ पहिलो पटक यो दिवस मनाएको थियो ।

फोटो सौजन्य : सचिन बज्राचार्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!