समाजवाद ः एक्काइसौं शताब्दीको युग

कृष्ण प्रजापति:

नेपाली समाज सामन्ती ब्यवस्थाबाट अहिले आएर भरखर मात्रै पूँजीवादी ब्यवस्थामा पदार्पण भएको देश हो । एक सय चार वर्षसम्म चलेको जहानियाँ राणा शासन सामन्तवादी शासन ब्यवस्था थियो । त्यो बेला बढी जग्गा जोसंग रह्यो उनले राजा, सामन्त वा जग्गा मालिकको रुपमा अरुलाई जग्गा जोत्न लगाएर आपफ् ूमोजमस्ती गरिरहन्थ्यो । जग्गा जमीनको आधारमा सञ्चालित ब्यवस्थालाई सामन्ती ब्यवस्था भनिन्छ । सामन्तीहरुले गरिब किसान जनतालाई काम गराई आपफ्हूरुले अन्न भित्रयाएर शासन गरिरहेका हुन्छन् । उत्तफ् ब्यवस्था दास प्रथा वा दास ब्यवस्था भन्दा अलि प्रगतिशील भएतापनि न्याय, समानता र शोषणरहीत समाज निर्माणको लागि अगाडि बढिरहेका लाखौं करोडौं जनताको लागि भने अभिषाप सिद्ध रहेको थियो । त्यसैले पनि पश्चिमा जगतले सिर्जना गरेको सिद्धान्त र विचारको आधारमा विश्वभर पूँजीवादी शासन ब्यवस्था जस्तो संसदवादलाई विश्वले अंगालेको हो । बिस्तारै संसार सामन्ती ब्यवस्थाबाट पूँजीवादमा परिणत हुँदै गइरहेको छ । अहिले आएर यो पूँजीवादी शासन ब्यवस्था भित्रका अनेकौं कमी कमजोरीहरु तथा विशेषताहरुका कारणले पनि जनता हैरान भएर विकल्पको रुपमा समाजवादलाई अंगाल्न पुगेका छन् ।

पूँजीवादी ब्यवस्थाको विकल्प भनेको समाजवाद र साम्यवाद हो । यो भने आज भन्दा एक सय सात वर्ष अगाडि विश्वको एकतिहाई भूभागमा लागू भइसकेको थियो । एशिया र यूरोपमा समेत ओगटिएको देश रुसमा लेनिनको नेतृत्वमा सन् १९१७ मा अक्टोबर त्रफन्ति मापफर््त् समाजवादी ब्यवस्था कायम भएको थियो । ७३ वर्ष सम्म सोभियत संघ मापफर््त् सारा जनताले सुख सुविधा भोग गरिरहेको विश्वको एकतिहाई भूभाग ओगटिएको देश सोभियत संघ पतन हुन पुग्यो । सन् १९९० सालमा मिखाइल गोर्भाचोभले पेरेस्टोइका र ग्लाष्टोनोभ्स नीति लागू गरी समाजवादलाई पनत गरिसकेपछि त्यहाँ पुरानै पूँजीवादी ब्यवस्था मात्रै कामय भएको होइन कि उत्तफ् सोभियत संघ पनि पन्ध्र वटा विभिन्न गणराज्यहरुमा विभाजन हुन पुग्यो । अहिले त्यहाँ समाजवाद लागू भएको बेला जस्तो जनताले शान्त, सरल र ब्यवस्थित जीवन बिताउन पाइरहेका छैनन् । खान, लाउन र बस्त समेत आपफ््नो जिउ बेच्नु पर्ने अवस्था सिर्जना भएको छ । रात दिन चोरी बढ्ने गरेको छ । माहिलाहरुले आपफ््नो नारी धर्म कायम गर्न सकिरहेका छैनन् । विदेशी शासकहरुको प्रत्यक्ष हमलाका कारण हैरान भइरहेका छन् ।

त्यस खालका हविगत नआओस् भनेर छिमेकि देश चीन, क्यूवा, उत्तर कोरिया जस्ता समाजवादी आचरण अपनाइरहेका देशहरुले विदेशीहरुलाई आपफ््नो देशमा भित्रयाउनका लागि निकै धेरै सतर्कता अपनाउने गरेका छन् । तर हाम्रो देशमा भने सजिलै एमसीसी पास गरेर अमेरिकी साम्राज्यवादको स्वागत गरिएको अवस्था छ । सोभियत संघमा नयाँ पुस्तालाई गणतन्त्र र समाजवादको अवधारणा सबल ढंगले प्रचार गर्न नसकिरहेको तर पश्चिमा देशहरुले भने उता चलेका योन स्वतन्त्रता, खुल्लापन र भिफ्लिमिलिहरुको ब्यापक प्रचार गरी सांस्कृतिक र नैतिक रुपमा युवा पुस्तालाई पतन गरी देशलाई नै पतनको अवस्थामा पुर्याइदियो । हाम्रो देशमा पनि अमेरिकी साम्राज्यवादले एमसीसी लागू गरी देशलाई पथभ्रष्ट गर्ने मार्ग खुलेको छ । २१ औं शताब्दी समाजवादी ब्यवस्था लागू हुने युग हुन सक्ने कुरालाई विश्वले चाल पाएका कारण अमेरिका डराएर आपफ््नो पूँजीलाई प्रयोग गर्ने ठाउँ खोज्ने त्रफ्ममा नेपाल र भारतको मार्ग भएर चीनमा समेत ब्यापारको मार्ग खोज्नको लागि नेपाललाई एक खालको अखडा गर्ने हेतूले यहाँ जसरी भएपनि एमसीसी पास गराएर आपफ््नो प्रभुत्व कायम गर्न खोजिरहेको छ ।

यस्तो गम्भीर विषयलाई हामीले समयमै चाल पाउन सकिएन भने यो देश एक दिन उपनिवेशमा परिणत हुन सक्ने पनि संकेत देखिएको छ । नुवाकोट जिल्लामा एमसीसीको तपफर््बाट विद्युत लाइन राख्ने कुरालाई स्थानीय जनताले विरोध गरेको बखत अमेरिकाले भने जस्तो बस्नु पर्ने सन्धीको सर्त अगाडि सारी हामीलाई बाहिरी मानिसहरुले सताउने गरेका छन् । आज अमेरिकी साम्राज्यवादलाई विरोध गर्ने आवाज धन्काउने शत्तिफ् सदनमा अत्यन्तै न्यून रुपमा मात्रै जितेर आएको अवस्था छ । त्यसो भएर हाम्रो देशको अस्तित्वमा समेत दाग लाग्न सक्ने आजको चिन्ताको विषय बनेको छ । त्यसैले एमसीसी खारेज नभएसम्म नेपाली जनताले त्यसको बिरोध गरिरहनु पर्ने आवश्यकता बाँकी छ । हिजो आपफ््नो हक, अधिकार, स्वतन्त्रताको लागि मात्रै काम गरिरहेका हामी नेपाली आज आएर परदेश, साम्राज्यवादी देश र उपनिवेशवादी देशसंग सामना गर्न सत्रिफ्य हुनुपर्ने अवस्था सिर्जना भइरहेको छ । त्यस खालको अवस्था ल्याउन भने यहाँका पूँजीवादी राजनीतिक पार्टीहरुले विदेशीहरुलाई सहयोग गरेको पाइन्छ । २१ औं शताब्दी भनेको समाजवादी ब्यवस्थाको युग हुने देखिन्छ । किनभने छिमेकि देश चीन एउटा समाजवादी ब्यवस्था कायम भएर विकास भएको विश्वको नमूना देश हो । त्यहाँ विश्वलाई चाहिने सम्पूर्ण सामग्री उत्पादन गरी सुलभ मूल्यमा बित्रिफ् वितरण गरिरहेको सबैलाई थाहा नै छ ।

विचार र सिद्धान्त नछोडी सदा देश र जनताको पक्षमा काम गरी गयो भने नेपालमा पनि समाजवादी ब्यवस्था चाँडो सिर्जना हुन सक्दछ । हिजो चीन, रुस, उत्तर कोरिया, क्यवा, भियतनाम जस्ता समाजवादी देश पनि नेपाल जस्तै गरिब देश नै थियो । त्यहाँका जनतालाई पनि दैनिक रुपमा खान, लाउन र जीवन निर्वाह गर्नको लागि निकै कठीन थियो । तर राज्य ब्यवस्थामा परिवर्तन आएपछि भने त्यहाँ थुप्रै खालको सुख सुविधा जीवन निर्वाहको ग्यारेन्टी भयो ।

यो समयमा भने त्यस खाले पूँजीवादको कारण काम गरी खानेको होइन कि काम गराएर खाने शोषक वर्गको स्वर्ग भफ्ैं भइरहेको छ । रात दिन काम गर्ने ज्यापु ज्यामिहरुको भन्दा जमीन्दार, हिजोका मन्त्री र ठूलो आसनमा पदासिन सीमित ब्यत्तिफ्हरुको लगानी रहेका कम्पनी, उद्योग, ईट्टा भट्टा र होटेल मालिकले बढी सुख सुविधा लिएर चलखेल गरिरहेको अवस्था छ । यस खाले पूँजीवाद र पैशाको आधारमा सञ्चालित ब्यवस्था भन्दा जनतालाई सुख सुविधा हुने ब्यवस्था कायम गर्न हामी सदा अगाडि बढ्न सक्नु पर्दछ । त्यसरी अगाडि बढ्न तयार हुनुपर्ने शत्तिफ् आज सरकार गठन, पतन र नयाँ नयाँ खालको गठबन्धनको लागि पवित्र र अपवित्र भन्ने नै नसोची सिद्धान्तहीन र शुभलाभको लागि मात्रै अगाडि बढिरहेको अवस्था छ । राजनीतिक स्वार्थ, राष्टिय स्वार्थ भन्दा पनि बाहिरकाहरुले भने जस्तै बस्ने चलन हामीकहाँ बढेको कारण देश आज परनिर्भर बन्न पुगेको हो । त्यसलाई समाप्त गरी २१ औं शताब्दीको युग समाजवाद कायम गर्ने लक्ष्यका लागि भने नेपाली जनता पहिला तयार हुनु पर्दछ । यो देश भनेको भरखर मात्रै सामन्ती शासन वा राजाको शासनबाट नयाँ देशको रुपमा गणतन्त्र आएको देश हो । वर्तमान समाजलाई परिवर्तन गरी सारा जनताको सुख सुविधाको लागि देश चाँडो विकास गर्न एक्काइसौं शताब्दीलाई समाजवादी युगको रुपमा कायम गर्न हामी नेपाली जनता नै अगाडि बढ्न सक्नु पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!