सरकारलाई स्वेच्छाचारी हुनबाट रोक्न संसदमा बलियो प्रतिपक्षको आवश्यकता: भक्तपुर नगर प्रमुख प्रजापति

भक्तपुर, माघ २५ :

भक्तपुर नगरपालिकाका प्रमुख एवम् तेह्रौं नगरसभाका सभाअध्यक्ष सुनिल प्रजापतिको अध्यक्षतामा बिहीबार नगरसभाको बैठक बस्यो ।
सभाध्यक्ष प्रजापतिले नगरसभालाई प्राज्ञिक छलफल गर्ने थलोको रुपमा विकास गरिरहेको बताउँदै नगरसभा नगरपालिकाको उच्च निकाय भएको बताउनुभयो ।
सरकारलाई स्वेच्छाचारी हुनबाट रोक्न संसदमा बलियो प्रतिपक्षको आवश्यकता रहने मा जोड दिंदै उहाँले प्रधानमन्त्रीलाई विश्वासको मत दिने राजनीतिक दल प्रमुख विपक्षी दल हुन नसक्ने बताउँदै ऐनअनुसार नेपाल मजदुर किसान पार्टीलाई प्रमुख विपक्षी दलको जिम्मेवारी दिइनुपर्नेमा जोड दिनुभयो ।
नागरिकताको माध्यमबाट सत्ता कब्जा गर्ने र राज्य सत्ता सञ्चालन गर्ने नीतिअनुरुप नागरिकता विधेयक अगाडि सारिएको बताउँदै उहाँले पु“जीवादी व्यवस्थामा प्रेस स्वतन्त्रता पु“जीपतिहरुको नियन्त्रण हुने प्रमुख प्रजापतिले बताउनुभयो ।

सभाको विशेष समयमा सभासद्हरु श्यामसुन्दर मातां, सूर्यप्रसाद श्रेष्ठ, रामसुन्दर बासी, इन्द्रबहादुर प्याथ, कल्पना शिल्पकार, मन्जु लाखा, तारादेवी शाक्य, कृष्णगोपाल चौगुठी, कृष्णनारायण दुमरु, राजकुमार शिल्पकार, पुरुषोत्तम तमखू, नारायणप्रसाद त्वानाबासु, जितेन्द्र मुनंकर्मी र गोविन्द दुवालले २०७९ माघ २८ र २९ गते बारामा हुने नेक्राकिसंघको तेस्रो राष्ट्रिय सम्मेलन पूर्ण सफलताको कामना गर्दै तराईमा वास्तविक किसानहरुले मोहियानी हक नपाइरहेको अवस्था कायम रहेको, रसायनिक मल सहज उपलब्धताको लागि ध्यानाकर्षण, नागरिकता विधेयक खारेज गर्नुपर्ने, पर्यटक प्रवेश गर्ने मुख्य मुख्य नाकाहरुमा सीसी क्यामराको व्यवस्था गर्नुपर्नेलगायतको धारणा राख्नुभयो ।
सभामा नगरको विकास निर्माण, कृषि, सहकारीलगायतको विषयमा उठेका जिज्ञासामाथि सहकारी समितिका संयोजक हरिप्रसाद बासुकला, कृषि समितिका संयोजक राजकृष्ण गोरा र निर्माण समितिका संयोजक उकेश कवांले प्रष्ट पार्नुभयो ।
नगर प्रमुख प्रजापतिको अनुमतिमा विधायन समितिका संयोजक हरिराम सुवालले भक्तपुर नगरपालिका (नगर कार्यपालिका तथा समिति) को बैठक सञ्चालनसम्बन्धी कार्यविधि, २०७९ छलफलको लागि सभामा प्रस्तुत गर्नुभयो ।
नगरसभाको अर्को बैठक फागुन २६ गते दिनको १ बजे बस्नेगरी आजको बैठक सकिएको जानकारी गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!