पशुपन्छी औषधि पैठारीकर्ता संघको चौथो महाधिवेशन सम्पन्न, निरौलाको अध्यक्षतामा नया कार्यसमिति गठन

काठमांडौ, माघ २६, २०७९ः

रत्न काजि प्रजापति.

नेपाल पशुपन्छी औषधि पैठारीकर्ता संघको सोह्रौ बार्षिक साधारण सभा तथा चौथो महाधिवेशन आज काठमांडौमा सम्पन्न भएको छ।

नेपाल पशुपन्छी औषधि ब्यबसायी संघका केन्द्रिय अध्यक्ष पुर्णचन्द सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न अधिबेशनले बरिस्ठ ब्यबसायी रेवती रमण निरौलाको अध्यक्षतामा ११ सदस्यिय नया कार्यसमिति निर्बिरोध निर्वाचित गरेको छ।

नब निर्वाचित कार्यसमितिको उपाध्यक्षमा कृष्ण प्रसाद लम्साल, महासचिबमा नरेश कर्माचार्य, सचिबमा रत्न कुमार बडाल र कोषाध्यक्षमा कृष्ण बहादुर अधिकारी निर्वाचित भएको छ।

त्यसै गरी सदस्यहरुमा हरि बस्नेत, केशब शर्मा, दिबेश थापा, मान बहादुर घर्ति, हरि बहादुर भुजेल र राजेश मानन्धर निर्वाचित भएको छ।

नबनिर्वाचित कार्यसमितिमा पुराना अग्रज ब्यबसायी देखि युवा पुस्तासम्मको प्रतिनिधित्व भएकोले यो कार्यसमितिले पशुपन्छी औषधि पैठारीको क्षेत्रका बिध्यमान समस्याहरुको कुशलतापुर्बक समाधान गर्ने बिश्वास प्रमुख अतिथि पुर्ण चन्द्र सापकोटाले ब्यक्त गर्नु भयो।

नेपाल पशुपन्छी औषधि पैठारीकर्ता संघ पशुपन्छी पालनको लागी आबश्यक पर्ने बिभिन्न औषधिहरु, तथा अन्य औषधि जन्य परिपुरकहरु एब पदार्थहरुको आयात गर्ने नेपाल अधिराज्य भरीका ब्यबसायीहरुको ब्याबसायिक हकहितको रक्षा एब संरक्षण गर्न गठित छाता संगठन हो।

हाल सम्म नेपाल भरीबाट गरेर ५ दर्जब जति ब्यबसायीहरु संघमा आबद्द् रहेका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!